जय पहिचान !! - रेशम चौधरी

Wednesday, 28 December 20160 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}


हामी फुट्छौँ, उनिहरु जुट्छन्
हामी बस्छौं, उनिहरु उठ्छन्
हामिबिच बिभाजन छ,उनिबिच एकता
हामी इतिहास बेच्छौँ,उनिहरु अनेकता
किन नसिकेको हामीले उनिबाट??
ढाँट्नुपर्छ,छल्नुपर्छ,
मित लगाएर भएपनी
यिनको जाएदात हडप्नुपर्छ।।

एउटैले गाउँभरको पुरेत्याँइ चलाइरहँदा
हामीले आफ्नालाइ बोक्सो भन्दै
मलमुत्र खुवाइरहेका हुन्छौं
हाम्रा मन्तर जन्तरमा नउनिँदा,
माटोमा छेस्कोले कोर्दै
हाम्रो भबिस्यबाणी गर्ने बाजेलाइ भने
ज्योतिष ताजका साथ
दक्षिणा चढाइरहेकै हुन्छौं ।।

गाउँमा एक्लै भित्रिएको बाजेको
आजभोलि टोल छ
तर हाम्रा मुलबासीको प्रत्येक घर
गोल मटोल छ
उनका छोरा सचीव छन,सिपाही छन
सेनापती छन
हाम्रा छोरा कोही खोरिया खन्छन,
कोहि खाडीमा छन्
कोहि उनको ड्राइभर बनेर
मर्सिडिज,बेन्ज गाडीमा छन् ।।

हामी पिउछौँ,उनिहरु पनि पिउछन
हामीले पिए जाँड हुन्छ,उनले पिउने वाइन
हामी हाम्रै गाउँघरको पहिचानी कोदोको पिउछौँ
उनि बिदेशी पिउँछन्
फरक यति हो
बिदेशी पिउनेहरु,बिदेशी पहिरनमा ठाँट्टिनेहरु
बिदेशमा उपचार गराउनेहरु
आज राष्ट्रबादका कुरा गर्छन्
हामी सरकारी अस्पतालमा सिटामोल पर्खिनेहरु
देशद्रोही अराष्ट्रीए तत्व पो हुन्छौं त???

जसको छानो खरको छ
जसको बस्तु बाँध्ने गोठ छ
जो संग संस्कृति परम्परा र पहिचान छ
उ केवल आज त्यही सम्मानको पर्खाइमा छ
जसको महल छ
गाडी थन्क्याउने ग्यारेज छ
सँस्कृती परम्परा बिहिन छ
उ पहिचान पकेटमा राखेर
आफ्नो बाउको बपौती ठान्दैछ।।

आउ पहिचान बादी हो!!!
खोसौँ आफ्नो अधिकार
हिजो पुर्खाले बनमा चितुवाको मुखबाट
भेँडा खोसे जस्तै
कुखुरा चोर्दा स्याललाइ लखेटे जस्तै
भकारीको धान चोर्ने मुसालाइ
खनी खनि खाएजस्तै
खोसौँ,लखेटौँ,खाँऔ
पहिचानको स्थापनाका लागी
यत्ति त गरौँ !!

त्यसैले,आउ! एउटा कुराको प्रण गरौँ
पहिचानबादी सबै हातेमालो गरौँ
एकतामा अनेकता,यहि हाम्रो बिशेषता
मुलबासिको पहिचान यही हाम्रो जायजेथा।।।
                                     जय पहिचान !!!!!

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu