चोपु शेर्पा खुशीको अत्यन्त्यै मार्मिक् कबिता "मजदुर"

Friday, 24 November 20170 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

"मजदुर"
"
हरेक बिहानी फ्याक्ट्रीको
अत्याधुनिक मेसिनहरुसँगै
मेरो पनि मेसिनहरु सञ्चालन हुन थाल्छ
फरक यति छ
कि बिद्धुतिय तरंगबाट सञ्चालित हुन्छन् मेसिनहरु
तर म दुई छाक टार्नु पर्ने बाध्यताबाट सञ्चालित हुन्छु

यहाँ म नभए मेसिन चल्दैन
र मेसिन नभए मेरो दैनिकि
बेलाबखत मेसिन बिग्रन्छ
बेलाबखत म बिग्रन्छु
फरक यति हो कि
मेसिन बिग्रेलाखौं खर्छ गरेर बनाउँछन
म भित्रको मेसिन बिग्रे उपचार त के कुरा
आरामका लागि पाँच मिनेट पनि पाउदिन
पाउछु त केवल सित्तैमा गाली

पुरै जीवन समर्पित गरें
बस् न त काम फेरियो
न त पहिचान फेरियो
न त घर फेरियो
न रहर नै फेरियो
फेरियो त साहुको फेरियो
सर्पले काचुली फेरे जस्तै फेरियो
साहुको जीवन शैली बादलले अचानक घाम छले झैँ
जालझेल गरेर छल्न जानिन

इमान्दारीता भन्दा ठूलो जीवनमा अरु केही ठानिन
अभावले मल नपुगेको बिरुवाझैँ खुम्चिएँ बरु
तर इमान भन्दा पैसा ठूलो मानिन
त्यसैले म जहाँको त्यहीँ कुवाको भ्यागुता जस्तै
सबैले चिन्ने एउटै नाम मजदुर बनें
धेरै भए परिवर्तनको कुरा
धेरै चर्के अधिकारका नारा
आन्दोलित भए सबै सबै
कति भाडिए कति मारिए कराउन्जेल बर्बराउन्जेल सबैका नजर तानि

तर, कोइला थपे पछि मात्र सल्किने आगो झैँ
ती आवाजहरु फेरि थपिए
र फेरि सल्किए र सकेनन् पहिल्याउन उपलब्धि
सबै सबै हराए तर म जाग्दै छु
भनिन्छ उदाउने र अस्ताउने बेलाको घाम चम्किलो र सुन्दर हुन्छ
त्यस्तै म पनि अस्ताउन अघि नै
संसारभरिका मजदुरहरुको आवाज बनेर
शोषक र अहंकारी मालिकहरुलाई
चिनाउन चाहान्छु मजदुरको महत्त्व
र बुझाउन चाहान्छु श्रमको मूल्य
किनकी
भोली म अस्ताए पनि उदाउन सकोस्
मजदुरहरुको दिन!
"
चोमु शेर्पा खुशी
'झापा'
Admin: अंकर 'अन्जान सहयात्री'

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu