संसारका मजदुरहरु एक होऔ !! (सन्दर्भ:-मजदुर दिवस )

Wednesday, 25 April 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
नेपालमा मजदुरले मे दिवस मनाउन थालेको पनि ६९ वर्ष भयो । उद्योगको रुपमा नेपालको पहिलो उद्योग विराटनगर जुट मिल राणा शासनको समयमा वि.स. १९९३ मा स्थापना भएको थियो । सन्चालक थिए भारतिय नागरिक कलकत्ता निवासी राधारमण चिमोरिया । नेपालमा मजदुरहरुको आन्दोलनको इतिहास हेर्ने हो भने,वि.स.२००३ साल फागुन ३ गते लाई लिन सकिन्छ । जुन आनदोलनको मोरङको विराटनगर जुट मिलका मजदुरहरुकै अान्दोलनबाट नेपालमा प्रजातान्त्रिक अान्दोलनको बिगुल फुकिएको थियो । यो एेतिहासिक त्यथ्यसंग मजदुरहरू पनि जोडिएका कारण नेपालको मजदुर अान्दोलन अझ ओसिलो बनेको छ । मजदुरकै तहबाट देशमा प्रजातान्त्रिक अान्दोलनको जग भएको थियोे । तर विडम्बनाको कुरा झै यस्तो एेतिहासिक राजनीतिक अवसर हुदाहुदै मजदुरहरुको अवस्था भने दयनीय नै छ मजदुर दिवसलाई राजनीतिक विचारहरुको विरोध जनाउने थलोका रुपमा उपयोग गरिदैछ । घरैविच्छे मजदुर संगठन खुल्ने र निकटका व्यक्तिहरुलाई मात्र सहभागी गराएर अौपचारिक कार्यक्रमहरु गरिदा मजदुर दिवसको मर्म ओझेलमा परेको छ । दिउँसो मजदुर मेइ दिवस मनाएर बेलुका घर पुगेको श्रमिक भोकभोकै सुत्नु पर्ने विडम्बना अझैसम्म पनि हटेको छैन । 

प्रत्येक वर्ष मे १ तारिख संसारभरि मजदुर दिवस मनाउने गरिन्छ । अमेरिक शहर शिकागोका उद्योग कलकारखानाहरुमा कार्यरत हजारौं मजदुरहरुले आठ घण्टा कमा आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग राखि अान्दोलनमा उत्रिएको दिन मे १ ) १८८६ को स्मरण गर्दै मजदुर दिवस मनाउन थालिएको हो । उक्त अान्दोलन विश्वभरि फैलिदै जादा सन १८८७ मा कार्ल माक्र्स र एंगेल्सले श्रमिक दिवसलाई उत्सवका रुपमा मनाउने घोषण गरेका थिए । त्यसपछि अन्तर्राष्ट्रिय मजदुर दिवसलाई हेमार्केत घटनाको स्मरण स्वरुप पनि मनाउने गरिन्छ । शिकागोमा मजदुरहरको अान्दोलन चलिरहदा मे ४ का दिन प्रहरीले श्रमिकहरुको शान्तिपूर्ण र्‍यालीलाई तितरबितर पर्ने क्रममा र्‍याली माथि अज्ञात व्यक्तबाट बम प्रहार भएको थियो  । उक्त घटनाक्रम मजदुरहरु सहिद शिकागो शहरका प्रहरी अधिकारीहरु समेत मारिएको घटनालाई हेमार्केट घटनाका रुपमा स्मरण गरिदै आएको छ । यिनै घटनाहरु पश्चात् मेइ दिवसलाई विश्वमा अन्तर्राष्ट्रिय श्रमिक अान्दोलनको उत्सवको दिन रुपमा मनाउँदै आएको हो नेपाल १९६३ देखि मात्रै अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउन थालिएको हो । तर सरकारी तहबाट भने सन २00७ बाट मात्र मजदुर दिवसलाई आधीकारिक दिनका रुपमा स्वीकार गरिएको र उक्त दिन सार्वजनिक विदा दिन थालियो । अन्तर्राष्ट्रिय मजदुर दिवसका दिन विश्वका अन्य ८० राष्ट्रमा पनि सार्वजनिक विदा दिइदै आएको छ।  
 विश्वमा अहिले सम्म ठूला औद्योगिक क्रान्ति भएका छन । मजदुरहरुको अधिकार लाई सुनिश्चित वनाउन संघ÷संगठन र युनियन खुल्दै गएका छन । तर यसरी खोलिएका संस्थाहरुले मजदुरको पक्षमा भन्दा पनि राजनैतिक दलहरुको नजिक रहेर वकालत गर्नेकाम भएको आरोप पनि मजदुरहरु को छ । संसारमा श्रंमको लगानी विना कुनै काम हुदैन । त्यसैले श्रंम लाई मानव जीवनको आधारभूत सर्त बनेको छ,बाँच्न र विकास गर्न । कुनै पनि देशका जनता कत्तिको समृद्ध र विकसित छ भन्ने कुरा त्यस देशमा भएको औद्योगिकरण र त्यसमा आश्रीत मजदुरको जीवनस्तरले निर्धारण गर्दछ । संसारमा अहिले विकसित मुलुकमा ठूला–ठूला उद्योग र कलकारखाना खुलेका छन । त्यहा काम गर्ने भनेकै श्रंमिकहरु हुन । श्रंमको मुल्य पाउनको लागि विश्वमा मजदुरहरुले धेरै क्रान्ती गर्दै आएको इतिहास पनि हाम्रो सामु छ । नेपालको बारेमा मजदुरको अवस्था लाई फर्केर हेर्दा के देखिन्छ भनने औद्योगिक क्षेत्रमा सुरुमा नै विदेशिहरु को लगानी भएको छ । जसको उधारण स्वरुव विराटनगर जुट मिललाई लिन सकिन्छ । भारतिय नागरिक द्धारा खोलिएको जुट मिलले नेपालका मजदुरहरुको हकहित भन्दा पनि आफ्नो उद्योगको नाफामा लागे पछि मजदुरहरुको विरोध कार्यक्रम तत्काल समय वि.स.२००३ देखिनै हुदै आएको वितेको दिनले देखाउछ । राणहरुले सुरु गरेको उद्योग स्थापन कार्य लाई पछि पन्चायती शासनकालमा नेपालमा औद्योगिक निति वनाएर विकास क्षेत्रमा औद्योगिक क्षेत्रको घोषण गरी उद्योग र कलकारखाना खोल्न आम उद्यमीहरु लाई आव्हान गरे पनि मजदुरहरुको श्रंमको ज्याला र उनिहरुले काम गर्ने समय एवं मजदुरको हकहित र सुविधा प्रति सरकार अहिल्यपनि नदेखिएको आभाष हुन्छ । 

      आज संसार भरका मजदुर एक हौ भन्ने नाराका साथ मे १ का दिन मजदुरहरु सडकमा उत्रिएका छन । सरकारले पनि मजदुर दिवसको लागि सार्वजनीक विदा दिने र औपचारिक भाषणगर्ने काम बाहेक मजदुरहरुको हकहितको लागि केहि गरेको छैन । मजदुरहरु प्रति लक्षित भएर बनाउन पर्ने श्रंम ऐन वन्न सकेको छैन । मजदुरहरुको दिवसको दिन आस्वासन दिने काम बाहेक राज्यले अहिले सम्म केहि गर्न सकेको छैन । औद्योगिक निति स्पष्ट नहुदा ठूलालगानीमा उद्योग खुल्न सकेका छैनन । केहि ठूला उद्योग विदेशि लगानीमा खुले पनि त्यहा काम गर्ने मजदुरहरु को आवाज लाई लगानीकर्ताहरु ले सुन्ने गरेका छैनन । श्रंमको मुल्य यथोचित पाउन नसकेपछि लाखौको सख्यामा श्रंमिक युवाहरु विदेशिने क्रम बढेको छ । यसमा चासो राज्यले देखाएको छैन । तर पनि मजदुरहरु ले आफ्नो दिवस वनाइ रहेका छन । मे दिवसले संसारभरका मजदुर लाई चेतना दिलाएको छ । आफ्नो अधिकारको लागि विश्वभरका करोडौ मजदुरहरले मजदुर एकतामा जोड दिदै आएका छन । तर व्यवहारमा राजनैतिक दलहरुले श्रंमिक मजदुरहरुको एकता हुनेक्रम लाई विचारमा वर्गिकरण गरी श्रंमिकहरु लाई आफ्नो दलको भातृ संगठनको रुपमा परिणत गरी मजदुरको हकहित भन्दा पनि राजनैतिक विचारमा लगेर उनिहरुको आवाज लाई छाँयामा पारिदिएका छन ।नेपालमा मजदुरहरुको स्थिती हिजोको भन्दा आज केहि राम्रो देखिएको छ । केहि ठूला उद्योग र कलकारखानाले सरकारले तोकेको श्रंमको ज्याला र सुविधा प्रदान गरेपनि साना उद्योग र व्यवसायमा कामगर्ने मजदुरहरको अवस्था भने उस्तै छ । उनिहरुको पारिश्रंमि सरकारले तोकेअनुसार हुदैन । युनियनहरु राजनैतिक भातृसंगठनको रुपमा काम गर्ने हुदा उनिहरुको आवाज सुनिदिने कोहि छैनन । यस्ता श्रंमिकहरु लाई श्रंमऐनको बारेमा केहि थाहा छैन । थोरै ज्यालामा दिनरात काममा लागि रहन पर्ने उनिहरुको बाध्यता नै बनेको छ । पछिल्लो समयमा नेपालमा लोडसेडिङ्को कारणले गर्दा उद्योग र कलकारखानाको अवस्था नाजुक बन्दै गएको छ । विद्युतको कारण उद्योगमा उत्पादन हुन सकेको छैन । उत्पादनको अनुपातमा काम गर्ने मजदुरहरु यसको मारमा परेका छन। 

      राजनैतिक अस्थिरताको कारण नेपालमा बन्द,हडताल जस्ता क्रियाकलावले पनि उद्योग र कलकारखाना लाई असर पु¥याएबबको छ । जुनसुकै कारणले भएपनि व्यवसाय लाई असर पु¥याउनु भनेको मजदुर लाईनै असर पु¥याउनु हो । यस तर्फपनि राजनैतिक दलहरुको दृट्रिकोण पुग्न सकेको छैन । आज देशमा जुनसुकै विराध कार्यक्रम किन नहोस सबैले बन्द कार्यक्रम लाई नै अगाडी सार्ने परिपाटीको विकास भएको छ । राजनैतिकदलहरुको मात्र होइन विभिन्न दलका भातृसंगठन र स्वएम मजदुरहरुले पनि आफ्नो विरोध कार्यक्रम ल्यउदा बन्द लाई नै मुख्य एजेण्डा बनाएका हुन्छन । जुन कार्यक्रमले स्वयम उनिहरु लाई नै हानी गराउछ । यस्तो चेतना कस्ले दिने ? मजदुर दिवस मनाउने श्रंमिकहरु ले यो पनि सोच्न पर्ने अवस्था आएको छ । 
संसार लाई हेर्ने हो भने आज औद्योगिक कलकारखानाको लागि अत्याधुनि मेशिन बनेका छन । जुन मेशिनले हजारौ श्रंमिकको काम एकैघण्टामा गर्न सक्दछ । विकसित मुलुक लाई छाडेर हेर्ने हो भने यसले पनि श्रंम गर्ने मजदुरहरु लाई चुनौती दिएको छ । अर्कोतिर श्रंमको समान ज्याला छैन । हाम्रो जस्तो औद्योगिक रुपले पछाडि परेको मुलुकमा महिला र पुरुष विचमा श्रंमको मुल्य असमान छ । एउटै काम गर्ने श्रंमिकहरुमा पनि यसरी श्रंमको मुल्यमा विवेध हुदै आउदा पनि अहिले सम्म श्रंमको ज्यालामा समायोजन हुन सकेको छैन । यो मजदुर दिवसले यस्ता नमिल्दा कुराहरु लाई समायोजन गर्ने आवाज निकाल्नु पर्दछ । तर हनमीकहां राजनैतिक दलहरुको दिशानिर्देश बाट चल्ने मजदुरहरको संघ÷संगठनले वास्तविक मजदुरहरुको हकहितको बारेमा आवाज उठाउन सकिराखेको छैनन। दिवसको वेलामा नाराको रुपमा आवाज आए पनि त्यो आवाज औपचारिकतामा सिमित भएको देखिन्छ ।

     राजनैतिक अस्थिरता,व्यापारीहरु वाट लिइने चन्दा र स्वदेशि उत्पादनको कमिले अहिले देशमा महगीले सबैलाई आतंकित बनाएको छ। महगीको चपेटामा सबैभन्दा पहिला मजदुर लाइनै छोएको हुन्छ । श्रंमको ज्यालाले उ र उसंग आश्रीत परिबार को लालन पालन गर्न मजुरहरु लाई पुग्ने अवस्था छैन । कतिपय मजदुरहरुको ज्याला मात्र होइन कामको कुनै ग्यारेन्टी छैन । ठूला कलकारखानामा समेत विना नियूक्रि काममा लगाइएको छ । काम छाडेको दिन उसको दिनचर्चा सडकमा हुन्छ । कतिपय कलकारखानामा काम गर्दा मजदुरहरुले आफ्नो अंग गुमाएका छन । हातखुट्टा र अंगभंग भएकै कारण उ सदाको लागि अपांग बन्दछ । उसको कुनै जीवन विमा हुदैन ।यस्तावर्गमा पर्ने मजदुरहरुको अवाज कस्ले सुनिदिने ...? प्रत्यक वर्षको मे १ को दिवसले आवाज विहिन मजदुरहरुको आवाज लाई संम्वन्धित निकायले सुनिदिने काम गरोस। अनिमात्र मजदुरहरुले मनाएको मै १ को दिवस सार्थकता होला ।

फेस्बुका नाम :- मजदुर आवाज मुक्ति यात्रा 
नाम :- बिजय लामा
नेपाल ठेगाना :- काभ्रे 
 हाल :- मलेसिया
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu