थारु समुदायमा सामा चकेवा पर्वको रौनक ।

Saturday, 9 November 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
हमार सनेश ड्टकम,
आरएन चौधरी थारु,,,,,,,,,,,
बकुलिया (बारा) := नेपाली हिन्दु धर्मावलम्बीहरुको महान पर्व दशैं दिपाबलि र छठ पर्व सकिए लगतै थारु समुदायको बसोबास रहेको गाउँ-गाउँ, बस्ती-बस्तीमा सामा चकेवा पर्व भब्य रुपले मनाईरहेको देख्न सकिन्छ । यो पर्वमा गाउँका थारु समुदायका दिदी,बहिनी एक ठाउँमा भेला भई रातिको समयमा पौरानिक गीत गाउँदै मनाउने चलन रहेको छ।


यो पर्वमा माटोले बनाएका मुर्ति सतभैया, सामा चकेवा,बिर्दाबोनी,चुगिला,भमरालाई सिंगार गरि पुजाआजा गर्ने चलन परापुर्व कालदेखि नै चल्दै आईरहेको छ ।घर, परिवारमा सुख,शान्ति,समृद्धी छाओस साथै दाजुभाइ-दिदिबहिनी बिचको सम्बन्ध कहिले नटुटोस भनेर समाचकेवा पर्व मनाउने गरिन्छ।
तर हाल थारु समुदायमा समा चकेवा पर्बको रौनक पहिला भन्दा धेरै कम देखिने गरेको स्थानीय थारु समुदायकी युवती रिधी चौधरीले बताउनु भयो । पुजाआजा गर्ने बेला दिदिबहिनीहरुको सहभागीता जति देखिनु पर्ने हुन त्यति देखिदैन , पहिला भन्दा धेरै कमी आएको छ। थारु समुदायमा सामा चकेवा पर्व लोप हुने अवस्था पुग्न लागेको प्रती रिधीले दु:ख व्यक्त गरिन साथै थारु समुदायको अहिलेको युवा पुस्ताले पुर्खौ देखि चल्दै,मनाउदै आईरहेको चाडपर्व लाई सबै मिलेर जोगाउनु पर्ने बताइन् ।

लगभग १५ दिन सम्म मनाईने यस पर्वको अन्तिम दिन गाउँ नजिकको पोखरी अथवा नदीमा गई माटोको प्रयोग गरि बनाईको मुर्तीलाई विसर्जन गरी आपसमा सखि बहिनिया (नाता) लाउने पौरानिक चलन रहिआएको छ भने बिसर्जन गर्नु भन्दा पहिला राती नाचगान गरि रमाईलो गर्ने चलन समेत चली आएको छ ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu