बुद्ध राष्ट्र नेपाल अभियानका लागि मलेसियामा संस्था गठन हुने

Friday, 29 December 20170 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

हमार सनेश सहकर्मी ,,
मलेसिया:=बुद्ध राष्ट्र नेपाल अभियानका लागि मलेसिया रहेका बौद्ध मार्गीहरुले बुद्ध राष्ट्र नेपाल अभियानको नाममा संस्था गठन गर्ने भएका छन् ।
संस्था गठन गर्नुको मुख्य उदेश्य भने एसियाका तारा, राष्ट्र बिभुती तथा महामानव गौतम बुद्धका शिक्षा,ज्ञानलाई संरक्षण गर्नका लागि र गौतम बुद्ध जन्मेका भुमी नेपालका नेपालहरुले दिन प्रतिदिन भुल्दै गएको अवस्थालाई मध्यनजर राखी प्रत्येक नेपालीहरुले गौतम बुद्धले दिनु भएको ज्ञानका शिक्षालाई जीवन्तमा दिनका लागि भएको अगुवा सोनाम नोर्बु तामाङले जानकारी गराउनु भयो।

तामाङका अनुसार समाज परिवर्तनका लागि धर्म र संस्कृतिको अहम् भुमिका भएको हुनाले हृदयदेखि परिवर्तन गरि मनतनले बुद्धका वचनलाई मनन गर्नुपर्ने र नयाँ पिढीलाई पनि यसबारे ज्ञान बाड्नु पर्ने हुँदा यो अभियानलाई बृहत बनाउदै सभ्य र विकसित नेपालको कल्पनाका निम्ति संस्था स्थापना अपरिहार्य रहेको बताउनु भयो।

संस्था स्थापना पछि प्रत्येक नेपालीहरुको मनमा देश,समाज र भाबी पुस्ताको उज्वल भबिष्यको लागि केही गर्नुपर्छ ? भन्ने भावना जागृत होस् भन्ने उदेश्यका साथ स्वदेश तथा बिदेशमा रहेका तमाम नेपालीहरुलाई एकै ढिक्का बनाएर अभिप्रेरित गरेका छन् । नेपालका ७७ जिल्लाहरुमा गौतम बुद्धका १ सय ८ फिटका मुर्ति प्रतिस्थापन गर्ने र गौतम बुद्ध जन्मेको भुमी नेपाललाई बुद्ध राष्ट्र घोषणा गर्नुपर्ने लगायतको संस्थाका योजना रहेको र जनवरी २१ सम्ममा संस्था गठन हुने समेत सामाजिक अगुवा पि.टि शेर्पा पिनासाको भनाइ रहेको छ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu