श्रमराज्य मन्त्री डिल्लीबहादुर चौधरीद्वोरा रु.५ लाखको अक्षयकोष स्थापना

Friday, 29 December 20170 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

हमार सनेश सहकर्मी,,
दाङ:=श्रमराज्य मन्त्री डिल्लीबहादुर चौधरीले यहाँको एक विद्यालयमा रु. पाँच लाखको अक्षयकोष स्थापना गर्नुभएको छ ।बुबा टुकलाल चौधरीको स्मृतिमा दाङको तुलसीपुरस्थित महेन्द्र माविमा उहाँले उक्त रकमको अक्षयकोष स्थापना गर्नुभएको हो । ती रकममध्ये रु दुई लाखको जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति र रु तीन लाख विद्यालयको शैक्षिक सामग्री खरिदका लागि खर्च गर्ने गरी अक्षयकोष स्थापना गरेको विद्यालयका प्रधानाध्यापक विष्णु थापाले जानकारी दिनुभएको छ ।

आफूले अध्ययन गरेको विद्यालयको ५६ आँै वार्षिकोत्सव समारोहमा आज उहाँले सो अक्षयकोष स्थापना गर्नुभएको हो । सो अवसरमा राज्यमन्त्री चौधरीले अबको शिक्षा रोजगारमुखी हुनुपर्नेमा जोड दिदैं अबको शिक्षा बेरोजगार उत्पादन गर्नेभन्दा पनि प्राविधिक र रोजगारीमूलक हुनुपर्ने बताउनुभयो ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu