थरुहट,मधेश आन्दोलनको प्रतिवेदन लुकाएको भन्दै प्रधानमन्त्री निवास अगाडि प्रदर्शन

Monday, 29 January 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

काठमाडौं । थरुहट, मधेश आन्दोलनको छानविन प्रतिवेदन लुकाएको भन्दै प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन भएको छ ।थरुहट, मधेश आन्दोलनको क्रममा भएका घटनाहरुको छानविन गर्न पूर्व न्यायाधीश गिरिशचन्द्र लालको अध्यक्षतामा छानविन आयोग गठन भएको थियो ।

लाल नेतृत्वको आयोगले प्रतिवेदन बुझाएको महिनौं वितिसक्दा समेत सरकारले सार्वजनिक गर्न नसकेको भन्दै आलोचना हुँदै आएको छ ।प्रतिवेदन सार्वजनिक गर्न बारम्बार दबाब सिर्जना भएपनि सरकारले प्रतिवेदन लुकाएको आयाग कै सदस्यहरुले आरोप लगएका छन् । प्रतिवेदन सार्वजनिक गरी तत्कालै कार्यन्वयनमा ल्याउन आयोगले आग्रह गरेको थियो । तर सरकारले हालसम्म उक्त प्रतिवेदन गोप्य राखेको छ।लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न मधेशका जिल्लासहित काठमाडौंमा पनि नियमति प्रदर्शन हुँदै आएको छ । सोही क्रममा शनिबार तराई मधेश राष्ट्रिय परिषद्ले प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गरेको छ ।

सरकारले मधेश आन्दोलनको छानविन प्रतिवेदन लुकाएको आरोप लगाउँदै तराई मधेश राष्ट्रिय परिषद्का सदस्य काशिन्द्र यादवले भने,‘सरकारले प्रतिवेदन सार्वजनिक नगरेसम्म हामी दबाबका लागि प्रदर्शन गर्नेछौं । प्रतिवेदन बुझाइए पनि दोषीलाई कारवाहीको प्रक्रिया अगाडि बढाइएको छैन ।’प्रतिवेदनमा प्रदर्शनकारीमाथि अत्याधिक बल प्रयोग गर्ने सुरक्षाअधिकारीलाई समेत कारवाहीको सिफारिस गरिएको छ । जसकारण सरकारले प्रतिवेदन लुकाएको आरोप लाग्दै आएको छ ।अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था तथा विभिन्न निकायले पनि सरकारलाई प्रतिवेदन सार्वजनिक गर्न आग्रह गरेको छ । तर सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसस्थाको आग्रहलाई अस्वीकार गर्दै आएको छ ।
               साभार: हुलाकी न्युजबाट

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu