आर एन चौधरी थारु/जनवरी २९ तारिख/सोमबार/मलेसिया:=नेपाल आदिवासी जनजाती महासंघ मलेसिया क्षेत्रीय समिति जोहोर बारुको तेस्रो अधिबेशन भब्य सम्पन्न भएको छ।आइतबार जोहोर बारुको बागुस होटलको प्राङ्गणमा आयोजित तेस्रो अधिबेशन कार्यक्रमको समुद्घाटन महासङ्घ मलेसियाका केन्द्रिय अध्यक्ष पिटि शेर्पा पिनासाले बति,दियो बालेर गरेका थिए।कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि पिटि शेर्पाले सम्पुर्ण अादिवासि जनजाति मुलवासिहरु अाफ्नो हक हितको लागि एक हुनुको बिकल्प नभएको बताउनु भयो।अब प्रवास मलेसियामा रहेका सम्पुर्ण आदिवासीहरु एकजुट भएर नेपालमा बिगत कैयौं बर्ष देखि आदिवासीहरुले उठाउदै आएको जायज माग मुद्दाहरु पुरा गराउन सम्बोधन गराउन प्रवासबाटै दबाब दिने खालको कार्यक्रम ल्याउनु पर्ने गर्नु पर्ने भन्नु भयो साथै अहिले महासंघ मलेसियाले साधारण सदस्यता पत्र बाड्दै गरेकोले आदिवासी युवाहरूले साधारण सदस्यता पत्र लिनु पर्ने धारणा राख्नु भयो र समस्यामा परेका नेपालीहरुलाई महासंघले हरदम सक्दो सहयोग गर्ने बताउनु भयो।
अादिवासि जनजाति महासङ्घ क्षेत्रिय समिति जोहोरका अध्यक्ष गोपाल राना मगरको अध्पक्षतामा तथा नेपालबाट आउनु भएका नेपाल आदिवासी जनजाती काठमाडौ जिल्ला अध्यक्ष प्रबिन कुमार श्रेष्ठको विशेष आतिथ्यतामा सम्पन्न भएको यस् कार्यक्रमको सञ्चालन पुर्व सचीव नेता मातृका धिमालले गर्नु भएको थियो ।कार्यक्रममा विभिन्न जाति समुदायहरुको मौलिक पहिचान झल्किनेे साँस्कृतिक नृत्य समेत प्रस्तुत गरिएको थियो।मलेसियामा विभिन्न क्षेत्रमा कार्यरत रहि योगदान पुर्याउने विशिष्ट ब्यक्तित्वहरुलाइ सम्मानपत्र पनि बितरण गरेको थियो ।
क्ष्रमिकको हकहितको लागि सक्रिय सँस्थाहरुबाट पनि उल्लेख्य सहभागिता रहेको उक्त अधिबेशनले क्षेत्रीय समितीका पुर्व अध्यक्ष गोपाल राना मगरको अध्यक्षतामा पुनःह नयाँ कार्यसमिति चयन गरेको छ ।
(१)अध्यक्ष : गोपाल राना मगर (२)बरिस्ठ उपाध्यक्ष : कबिन्द्र कुलुङ राई (३)उपाध्यक्ष : दिपेन्द्र चौधरी (४)उपाध्यक्ष : जानुका सुनुवार (५)सचिब: किशोर पुमा राई (६)सह सचिब: मिना यान्जो (७)कोषाध्यक्ष : गङ्गा चाम्लिङ राई (८)सदस्य: हम्बे राई (९)सदस्य: मचिन्द्र लिम्बू (१०)सदस्य: रबि पालुङ्वा (११)सदस्य सुबाश चौधरी (१२)सदस्य : मोहन गुरुङ (१३)सदस्य: हरि दर्लामी (१४)सदस्य: बसन्ती थापा मगर (१५)सदस्य : सुनिल मगर
त्यसै गरि सल्लाहकार समितीमा निम्न ब्यक्तित्वहरु चयन भएको छ।मात्रीका धिमाल, बल बहादुर राई ,सङ्गिता राई ।अधिबेशन कार्यक्रममा जनजाति नेताहरु, विभिन्न संघसंस्थाका पदाधिकारीहरु,एनआरएनए मलेसियाका पदाधिकारी लगाएतका व्यक्तिहरुले शुभकामना मनतव्य दिएका थिए ।