हमार सनेश सहकर्मी,,
जनकपुर:=प्रदेशसभा बैठकमा हिन्दी भाषामा सम्बोधन गरेको भन्दै धनुषाको जनकपुरमा संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीको पुत्ला जलाइएको छ । स्थानीय युवाहरुले जनकपुरको जानकी चोकमा दुवै पार्टीको पुत्ला बनाएर मट्टीतेल छर्केर आगो लगाएर जलाएका हुन् ।
माघ २१ गते जनकपुरमा भएको प्रदेशसभा २ को बैठकमा फोरम र राजपाका सांसदहरुले हिन्दी भाषामा सम्बोधन गरेका थिए ।यो संगै प्रदेश नम्बर दुईमा मातृभाषाको बिषयलाई लिएर विवाद तीब्र चर्किएको छ।
स्थानीय युवाहरुले मैथिली, भोजपुरी र अन्य मातृभाषालाई वेवास्ता गर्दै हिन्दी भाषामा सम्बोधन गरेको भन्दै दुई पार्टीको पुत्ला जलाएका हुन् ।
पुत्ला दहनको क्रममा स्थानीय युवाहरूको प्रहरीसँग पुत्ला खोसाखोस समेत भएको थियो ।
फोटो:-घनश्याम मिश्रा
