साहित्यिक चौतारी नेपाल,मलेसियाले चौथो बार्षिक उत्सव आउँदो आइतबार मनाउने

Tuesday, 6 February 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

आर एन चौधरी थारु,,
फेब्रुअरी ६ तारिख/मंगलबार/मलेसिया:=साहित्यिक चौतारी नेपाल ,शाखा मलेसियाले आफ्नो स्थापनाको चौथो बार्षिक उत्सव धुमधामले मनाउने भएका छ्न।
नेपाली साहित्यको बिकाश र बिस्तारमा अनवरत ऋियाशिल संस्था साहित्यिक चौतारी नेपाल मलेसियाले

" फैलिदो छ हाम्रो पहुँच सात समुन्द्र वारिपारी,
"जहाँ नेपाली साहित्य सर्जक त्यहा साहित्यिक चौतारी,,

भन्ने मुल नाराको साथ स्थापनाको चौथो बार्षिक उत्सव तथा साहित्यिक विशेष बृहत कार्यक्रम- 2018 यहि महिना फेब्रुअरी ११ तारिख,आइतबारको दिन बिहान १० बजे मलेसियाको राजधानी क्वालालम्पुर स्थित गोर्खा रेष्टुरेन्टको प्राङ्गणमा मनाउन लागेको यस् संस्थाका अध्यक्ष डिल्ली प्रसाद छत्कुलीले जानकारी गराउनु भयो ।

अध्यक्ष छत्कुलीको भनाइ अनुसार यस् चौथो बार्षिक उत्सव कार्यक्रममा रोजगारीको शिलशिलामा प्रवास मलेसियामा बसि साहित्य क्षेत्रमा योगदान पुर्याएका बिशिष्ट ब्यक्तित्वहरुलाई सम्मान तथा बिदाई कार्यक्रम,बार्षिक प्रतिबेदन र अगामी योजना सार्वजनिक,सिर्जना तथा गजल वाचन कार्यक्रम,नाचगान लगायतको विभिन्न कार्यक्रमहरु हुने बताउनु भयो।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu