रेशम चौधरीले लिन पाएनन् सांसदको सपथ/प्रदेश संसद चल्न नदिने कडा चेतावनी

Sunday, 4 March 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

लखन चौधरी,,
धनगढी:=प्रतिनिधिसभा (संघीय संसद)को पहिलो बैठक बस्यो । बैठकमा प्रतिनिधिसभा सदस्य (सांसदहरुले) सपथ लिए । संघीय संसदमा प्रत्यक्ष र समानुपातिकबाट निर्वाचित गरी २७५ जना सांसद छन्।आइतवार सांसदको रुपमा सपथ लिन सबै सांसदहरु उपस्थित भएपनि कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशम चौधरी भने त्यसबाट बञ्चित भए।

टीकापुर घटनामा संलग्न रहेको अभियोगमा अहिले उनी पुर्पक्षका लागि कैलाली कारागारमा थुनामा छन् । थुनामा भएका कारण उनले सपथ ग्रहण समारोहमा सहभागी हुन पाएनन् । व्यवस्थापिका संसद सचिवालयले रेशम चौधरी उपस्थित भए सपथ लिन सक्ने जनाए पनि चौधरीले भने निर्वाचन आयोगबाट सांसदमा निर्वाचित भएको प्रमाणपत्र समेत बुझ्न पाएका छैनन् । 

प्रदेश संसद चल्न नदिने चेतावनी

रेशम चौधरीलाई तत्कालै सांसदको शपथ लिने व्यवस्था नमिलाइए प्रदेश नम्बर ७ को संसद बैठक चल्न नदिने चेतावनी दिइएको छ ।  राष्ट्रिय जनता पार्टी (राजपा) का  प्रदेश सांसद कृष्ण चौधरीले प्रतिनिधि सभा सांसद रेशम चौधरीलाई शपथ ग्रहण नगराए फागुन २२ हुने प्रदेश नं. ७ को संसद चल्न नदिने चेतावनी दिएका छन्।

आज बसेको संसद बैठकमा बिशेष समय मागेर बोल्दै उनले कैलाली क्षेत्र नम्बर १ बाट भारी मतले निर्वाचित सांसद चौधरीलाई प्रमाणपत्र र शपथ ग्रहण गराउने वातावरण मिलाउन अनुरोध गरे । थारु समुदायलाई राज्यले विभेद कायमै राखेको आरोप लगाउँदै उनले शपथ ग्रहणको वातावरण नमिलाए आगामी प्रदेश संसद अवरुद्ध गर्ने कडा चेतावनी दिएका हुन् । 

आज भएको  प्रतिनिधिसभा सदस्यको शपथ ग्रहणमा पनि सहभागी हुने वातावरण नमिलाइएको भन्दै आक्रोश उनले कडा आक्रोश समेत व्यक्त गरे ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu