मनभरि पीडा लुकाएर, नि बाँचिरहेछु ।

Wednesday, 2 May 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

---------गजल---------

मनभरि पीडा लुकाएर, नि बाँचिरहेछु ।
दिलभित्र देशकाे माया नि साँचिरहेछु ।

सत्यताकाे जित हुन्छ भन्छन् त्यसैले ।
अाफ्नै मुटु छिया, हुँदा नि हाँसिरहेछु ।

संघर्षकाे अाडले अन्धाे भइ, धनिलाई ।
कुल्चने पहाडसँग नाता नि गाँसिरहेछु ।

मजदुरी गरि खानेमाथि खेलवाड नगर ।
हाेत्यही हाे म बेहाेसिमा नि नाँचिरहेछु ।

      राम अवतार अन्जान
शिवराज न.पा.३, कपिलवस्तु

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu