सुनिल चौधरी,,
झुम्का:= महिलाहरुमा नेतृत्व क्षमता अभिबृद्धि गर्दै महिला शसक्तिकरणकालागि आयोजित तीन दिने नेतृत्व विकास तालिम बुधबार सम्पन्न भएको छ ।थारु महिला उत्थान समाज रामधुनीको आयोजनामा भएको तालिम रामधुनी १ को सहयोगमा भएको थियो । सो तालिममा नेतृत्वको बारे महिला अधिकार, भुमिका, मन्तब्य दिन सक्ने कला,उदघोषण र स्वास्थय सम्बन्धि जानकारी गराइएको आयोजकले बताएको छ ।

समापनमा वडा अधयक्ष महेश चौधरीले तालिममा सहभागी सबैलाई प्रमाणपत्र हस्तान्तरण गर्दै तालिमले महिलाहरुमा नेतृत्व क्षमताको बिकास भएको विश्वास व्यक्त गरे । समाजका हरेक गतिविधिमा महिलाहरुको सक्रिय सहभागिता आवश्यक रहेको बताउँदै चौधरीले त्यसकालागि तालिम र प्रशिक्षणको आवश्यकता रहेको बताए ।तालिम समापन गर्दै उत्थान समाजकी अध्यक्ष सीता चौधरीले राज्यले अधिकार दिए पनि गाउँघरका महिलाहरुमा चेतनाको अभावले अवसरको सदुपयोग हुन नसकेको बताइन् । अवसरको खोजी गर्न नसकेकाले महिलाहरु जहाको त्यही रहेको पनि उनको धारणा थियो। नेतृत्व विकास तालिमले सहभागी महिलाको सशक्तिकरणमा सहयोग पुगेको विश्वास उनले गरिन्।
आफनो समस्या आफैले राख्न नसक्नु, डराउनु, महिलाहरुमाथी हिंसा भएपनि गुपचुप राख्नु, सभा सम्मेलनमा बोल्न लजाउनु आदि कारणले महिलाहरुमा बिभेद र अपराधजन्य घटनाहरु घटनेगरेको अध्यक्ष चौधरीले बताइन् । तालिमले महिलामा चेतना ल्याई जागरुक बनाउनमा सहयोग गरेको उनले तर्क गरिन् ।तालिममा अभिनारायण भट्टराई, झुम्का स्वाथ्य चौकी ईन्चार्ज प्रशुराम साह, महिला तथा बालबालिका रामधुनी शाखा प्रमुख मोनाश्री आचार्यले सहजीकरण गरेका थिए । तालिममा करिब २५ जनाको सहभागिता थियो ।