हमार सनेश सहकर्मी ,,
बर्दिया := गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा साझेदारी संस्था सोनाहा विकास समाजको आयोजनामा मधुवन नगरपालिका वार्ड नंं.—९, बर्दियामा छिमेकी कृषि सहकारीमा आबद्ध २२ जना बाख्रा पालक कृषक सदस्यहरुको उपस्थितीमा २ दिने बाख्रा पालन तालिम सम्पन्न भएको छ ।
ब्यवस्थित बाख्रा पालन र बाख्रा सम्बन्धि ज्ञान, सीप, ब्यवस्थापन बारे जानकारी गराउने उद्धेश्यले तालिम संचालन भएको थियो ।
उक्त २ दिने बाखा पालन तालिमको सहजिकरण मधुवन न.पा. का पशु सेवा केन्द्र का प्राबिधिक श्री नारायण प्रसाद पोखरेल ज्युले गर्नु भएको थियो