सहकर्मी ,
भगतराम थारु,,
नेपालगन्ज:=थारु गित घुम्मर घुम्मरको सुटिङ बर्दियाको बढैया ताल गाउँमा सम्पन्न भएको छ । थारु गायक विश्व सागर परियार र सुमन चौधरीको स्वर रहेको थारु गित घुम्मर घुम्मरको सुटिङ बर्दियाको बढैया ताल गाउँपालिकामा भएको हो ।
झुम्कावाली बथनियाको अपार सफलतापछि थारु मोडल राजकुमार चौधरीले फेरी घुम्मर घुम्मरको गितमा मुख्य कलाकारको भुमिकामा आउनुभएको छ । घुम्मर घुम्मर कम्मर घुमाल्योमा राजकुमार थारु , राधा चौधरी र जागेश्वर सिङ थारुले कलाकारको भुमिका निभएका छन् । थारु गायक बिश्व सागर परियार र गायीका सुमन चौधरीको स्वरमा रहेको घुम्मर घुम्मर गितको छायाङकन रामु चौधरी गर्नुभएको छ । गीतको शव्द सुखलाल थारुले गर्नुभएको छ भने संगीत मनोज बधानले गर्नुभएको छ । यस्तै गीतको एरेन्ज पुष्कर खत्रीले गर्नुभएको छ । टीकापुर कैलालीको रियाज रेकर्डिङ स्टुडियोबाट गीत रेकडिङ भएको गायक विश्वसागर परियारले जानकारी गराउनुभयो ।
थारु मोडल राजकुमार पछिल्लो समयमा निरन्तर थारु म्युजिक भिडियोमा मोडलको रुपमा भुमिका निभाउदै आउनुभएको छ । मोडल राजकुमारले कहाँ जाइतो गोरी लचकाईके कमरिया, आगे आगे मोटर बाईक पाछे पाछे मोटरकार र झुम्कावाली बथिनिया बोलको गीतमा मुख्य भुमिकामा अभिनय गरिसक्नुभएको छ । गीतको सुटिङ बर्दियामा हुने गायक परियारले जानकारी गराउनुभयो । घुम्मर घुम्मर बोलको गितको भिडियो आरकेसी मिडिया प्रालि कोहलपुर पिपरीबाट केही दिनमा आउने गायक परियारले जानकारी दिनुभयो ।