थाकस अध्यक्षमा मेरो उम्मेदवारी पदको लागी नभई थारु समुदायको उत्थानको लागि हो:-लेखी

Monday, 17 September 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
हमार सनेश सहकर्मी ,,
काठमाडौं:=असोज ७ देखि ९ गतेसम्म काठमाडौंमा हुन गइरहेको थारु कल्याणकारिणीसभाको २२ औं अधिवेशनमा आफ्नो उम्मेदवारी पदकालागि नभई थारु समुदायको उत्थानका लागि भएको नेता राजकुमार लेखीले दावी गर्नुभएको छ ।
थारु पत्रकार संघ नेपालका केही पदाधिकारी तथा अन्य पत्रकारसँग शनिबार कुराकानी गर्दै अध्यक्षका प्रत्यासी लेखीले त्यस्तो दावी गर्नुभयो । आफू राजपा पार्टीमा रहेपनि थारुको स्वतन्त्रता, पहिचान र अस्तित्वकालागि सदैव संवेदनशील रहेको उहाँले प्रष्ट पार्नुभयो ।
लेखीले भन्नुभयो, “म अध्यक्ष पद पाउनकालागि उम्मेदवारी दिइरहेको छैन, थारुको मागमुद्दा, पहिचान तथा अस्तित्व स्थापनाकालागि उम्मेदवारी दिने निर्णयमा पुगेको हुँ ।”
थारुको छुट्टै पहिचान, अस्तित्व र अधिकार रहेको छ, म शुरुदेखि त्यस मुद्दामा सचेत रहेकाले जुनसुकै पार्टीमा भएपनि थारुको मुद्दालाई छाड्ने छैन नेता लेखीले भन्नुभयो, “म अध्यक्ष पद पाउनकालागि उम्मेदवारी दिइरहेको छैन, थारुको मागमुद्दा, पहिचान तथा अस्तित्व स्थापनाकालागि उम्मेदवारी दिने निर्णयमा पुगेको हुँ ।”
विभिन्न जिल्लाबाट युवाहरुले अध्यक्षकालागि आफूलाई आग्रह गरेपछि युवाको मागलाई नकार्न नसकेको बताउँदै अध्यक्षका प्रत्यासी नेता लेखीले आफू अध्यक्षमा निर्वाचित भएमा थाकसलाई गतिशील र चलायमान बनाउने प्रतिवद्धता जनाउनुभयो ।
अध्यक्ष लेखीले पत्रकारहरुसँगको छलफलमा आफ्नो दश बुँदे प्रतिवद्धता पनि सार्वजनिक गर्नुभएको छ । टीकापुर घटनामा दोसीको आरोप खेपिरहेकाहरुको रिहाई, थारुको आत्मनिर्णयको अधिकारको सम्बोधन, यसअघि भएका सरकारसँगको सहमतिको कार्यान्वयन, थाकसलाई व्यवस्थित बनाउने लगायतका प्रतिवद्धता छन् ।
हेर्नुहोस् लेखीको प्रतिवद्धताः
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu