मिस्टर एन्ड मिस थारुका लागि देशभरिबाट ५४ जना छानिए

Monday, 17 September 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

हमार सनेश सहकर्मी ,,
काठमाडौं := मिस्टर एन्ड मिस थारु दोस्रो सिजनको अडिसन सकिएको छ। शनिबार काठमाडौंमा अन्तिम अडिसन भएको थियो। जाहा इन्टरटेनमेन्टले आयोजना गरेको प्रतियोगितामा देशभरिबाट ५४ जना युवायुवती छानिएको बताइएको छ। जसमा ३३ जना पुरुष र २१ जना महिला रहेको जाहा इन्टरटेनमेन्टका सिइओ सुरेश कुमार चौधरीले जानकारी दिए।

उनका अनुसार धनगढीमा १ जना महिला, बुटवलमा ४ जना पुरुष र ३ जना महिला, चितवनमा ५ जना पुरुष र २ जना महिला, लहानबाट ३ जना पुरुष र २ जना महिला र इटहरीबाट ३ जना पुरुष र १ जना महिला र काठमाडौंबाट १७ जना पुरुष र १३ जना महिला छनौट भए।

असोज ६ गते ओरियन्टेशन कक्षा सञ्चालन भएपछि असोज ७ गतेदेखि नै प्रतिस्पर्धीहरुलाई क्षमता अभिवृद्धिका तालिम दिइने उनले जानकारी दिए।
मिस्टर एन्ड मिस थारुको फिनाले कात्तिक १७ गते काठमाडौंमा हुने बताइएको छ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu