हमार सनेश सहकर्मी ,,
रौतहट := रौतहटको परोहा न.पा वडा नं ८ मोतिपुर नरकटिया टोलमा लक्ष्मी पुजाको राती दीपावली बति बाल्ने क्रममा आगलागी हुँदा ४ जनाको घरको धनमाल, पशुचौपाया जलेर पूर्ण रुपमा नष्ट भएको छ।
सर्लाही जिल्लाको बरहथवा ९ टारी टोल निवासी हाल १३ वर्षदेखि इजरायलमा वैदेशिक रोजगारको क्रममा बस्दै आईरहेकी समाजसेवी शरिन ख्युङ्गवा तामाङ्गले आगलागी पीडित बिगु ठाकुर, सिकिन्द्र ठाकुर, बिजय ठाकुर र बिरेन्द्र ठाकुरलाई खाद्यान्न सामाग्री र कपडा सहयोग गरिन्।
(समाजसेवी शरिन ख्युव्बा तामाङ)
पीडित परिवारलाई समाजसेवी तामाङ्गले चामल ५० के.जी, आलु ५ के.जी, दाल १ के.जी, मस्यौरा २ के.जी, नमक १ के.जी, खानेतेल १ के.जी, चिउरा ५ के.जी र ब्लैकेट १ थान सहयोग गर्नुभएकी छिन्। सो राहत सामाग्री रिपोटर्स क्लब नेपाल प्रदेश नं २ का कोषाध्यक्ष तथा मधेश प्रदेश अनलाइनको निर्देशक/प्रबन्धक युवा समाजसेवी अभिमनु कुमार पटेलको पहलमा सहयोग वितरण गरिएको थियो।
सो वितरण कार्याक्रममा पूर्व गाविस अध्यक्ष जगदिश पटेल, राजपा नेपालका केन्द्रीय सदस्य बिबेक कुमार यादव, युवा नेता ओमलोक पटेल, संघीय समाजवादी फोरम नेपालका नेता अरबिन्द कुमार यादव, शिक्षक रामसेवक प्र.जयसवाल, रामनारायण पटेल, सशस्त्र बेस क्याम्प सरमुजवाका प्रहरी सहायक नायब निरीक्षक, मोतिपुर नरकटिया चौकीका हवल्दारलगायत स्थानीयहरुको उपस्तिथिमा राहत सामाग्री वितरण गरिएको छ।
समाजसेवामा सक्रिय तामाङ बिगत लामो समयदेखि विभिन्न माध्यम र क्षेत्रमा समस्यामा परेको नेपालीहरु लाई सहयोग,उद्दार गर्दै आइरहेकी छ्न।




