वरिष्ठ मानवअधिकारबादी,आदिवासी अगुवा नेता स्व.पद्मरत्न तुलाधरको मृत आत्माको चिरशान्तीको कामना गर्दै श्रद्धाञ्जली सभा

Sunday, 11 November 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
(दक्षिण कोरियामा शोक तथा श्रद्धाञ्जली सभा)

आर एन चौधरी थारु,,
दक्षिण कोरिया:= गत कार्तिक १८ गते आइतबारका दिनमा ७७ वर्षको उमेरमा देहान्त हुनु भएका आदिवासी जनजाति आन्दोलनका अग्रज नेता तथा नेपाल आदिवासी जनजाति महासंघका पूर्व सल्लाहकार, नेपाल भाषा आन्दोलनका प्रणेता, नागरिक आन्दोलनका अगुवा, पूर्व मन्त्री, शान्ति प्रक्रियाका मध्यस्थकर्ता ,देशभक्त, निष्ठावान र बरिस्ठ   मानवअधिकारवादी नेता स्व.पद्मरत्न तुलाधरको मृत आत्माको चिरशान्तीको लागी नेपाल् आदिवासी जनजाती महासंघ दक्षिण कोरियाले आइतबार  आयोजना गरेको शोक,श्रद्धाञ्जली सभा भब्य सम्पन्न भएको छ।

सामाजिक न्याय, समानता र मानवअधिकारको पक्षमा निरन्तर डटेर सामना गर्नुहुने,संघर्षशील अभियन्ता स्वर्गीय तुलाधरको निधनले समग्र देश र जनताका लागि अपुरणीय र अतुलनीय क्षति पुगेको छ ।विभिन्न सामाजिक संघसंस्थाको अध्यक्ष समेत बनेका तुलाधरले युद्धरत माओवादीलाई शान्तिप्रकृयामा ल्याउन  गहन भूमिका खेलेका थिए भने  पछिल्लो समय वहाँ भाषिक समानताको आन्दोलनमा सकृय रहनु भएको थियो।
तुलाधरले देशका निम्ति जीवनभर गरेका,पुर्याउएका योगदानको सम्मान,कदर गर्दै उक्त श्रद्धाञ्जली सभा आयोजना गरिएको  महासंघ दक्षिण कोरियाको सचिव युगेल तेन्डुप शेर्पाले बताउनु भयो।


सो श्रद्धाञ्जली सभामा शोक मन्तव्य राख्ने क्रममा सचीव शेर्पाले अहिले आदिवासी जनजातीहरु न त आन्दोलनलाई निर्णायक तहमा पुर्याउन सकेको छ न त आफ्ना हक अधिकार पूरा गराउन सकेको छ ,घरको न घाटको भएर दहिचिउरे बनेर बसिरहेको छ,अब चाहिँ हामी आदिवासी जनजातीहरु तुलाधरले गरेको कामकुराहरुबाट प्रेरणा लिइ अगाडि बढ्नु पर्ने धारणा राख्नु भयो।
सभामा एन.आर.एन.ए.दक्षिण कोरियाको अध्यक्ष लक्ष्मी गुरुङ , महासंघको अध्यक्ष मल्लिका थकाली लगायत महासंघमा आबद्ध विभिन्न जातीय संघसंस्थाको पदाधिकारी,नेपालीहरुले शोक मन्तव्य राख्दै मृतक प्रती हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्नु भएको थियो।

सामाजिक न्याय, समानता र मानव-अधिकारको पक्षमा लडिरहने तुलाधरको निधनले देशलाई अपुरणीय क्षती पुगेको छ । त्यसैले पनि उनलाई विश्वभरका नेपाली आदिवासी जनजातिहरुले उनका योगदानहरुलाई कदर गर्दै नेपाल् लगायत दक्षिण कोरिया,मलेसिया,अष्ट्रेलिया,लगायतको विभिन्न देशहरूमा शोक सभा कार्यक्रम आयोजना गरि मृत आत्माको चिरशान्तीको कामना गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ।
(मलेसियामा शोक,श्रद्धाञ्जली सभा)


 


Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu