विप्लव नेतृत्वको नेकपाले सचिवालय सदस्य दिलिप भट्टराई(समर्पण) लाई गरे कारवाही ।

Wednesday, 20 March 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
हमार सनेश सहकर्मी ,,
मलेसिया (क्वालालम्पुर,):= नेत्र बिक्रम चन्द(बिप्लब) नेतृत्व नेकपाको मजदुर संगठन नेपाली जनप्रगतिशील मोर्चा मलेसियाले मोर्चामै आवद्ध एक सदस्य लाई कारबाही गरेको छ। समितिको निति बिधि र निर्णय अनुसार सचिवालय सदस्य दिलिप भट्टराई,समर्पण लाई पाटी र मोर्चाले एकैपटक कार्वाही गरेको मार्च-१९ मा जारी बिज्ञप्तिमा  उल्लेख गरिएको छ।

केहि समय अघि देखि पार्टी र मोर्चाको गोपिनियता भंग गर्दै ,सामाजिक संजाल फेसबुकमा अराजक बिसय बस्तुहरु पोस्ट गर्दै हिडेको र निति,निर्देशन र निर्णय लाई अवज्ञा गर्दै आइरहेका कारण कारबाहीमा परेका हुन।मोर्चाले दिएको जिम्मेवारी पूरा गर्नु को सट्टा अर्थहिन बिवाद अनावश्यक बिषयमा जिकीर गर्ने सगठन र पार्टीको निति बिधि मर्यादा र नेतृत्वको बिधिवत अाग्रहलाई अस्वीकार गर्ने मोर्चाले बारम्बार खबरदारी गर्दा समेत बेवास्ता गरेको कारण कारबाहीको भागिदार भएका हुन।

संगठन सचीवालय सदस्यको जिम्मेवारीमा रहेका भट्टराई लाई नेपाली जनप्रगतिशील मोर्चा मलेसियाले पाटी र मोर्चाको बिधि र नियम अनुरुप पार्टी र संगठनको दुबैको जिम्मेवारी र साधरण सदस्य समेत नरहने गरि निष्कासन गरिएको नेपाली नजप्रगतिशिल मोर्चाका अध्यक्ष बिजय लामाले मौखिक जानकारी समेत दिएका छन। भने संगठनको निति बिधान र अनुशासन पद्धति साथै बिधिवत निर्देशन र सुझाव लाई समेत उलंघन गरि अाफु खुसि ब्यक्तिगत कुरा लाई लिएर संगठनमा अराजकता सिर्जना गर्ने,सहमति सहकार्य र सम्झौताको प्रतिबाद गर्दै आइरहेको कारण उनलाइ कारबाही गरिएको संगठनका सँँन्चार बिभाग प्रमुख सन्तोष योन्जनले जानकारी दिए ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION
 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu