विन्दास अवार्डप्रती थारु कलाकारहरु तिब्र असन्तुष्ट , आयोजकले धाधली गरेको आरोप

Tuesday, 19 March 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
भगतराम थारु,,
नेपालगन्ज:= सुदुरपश्चिमको धनगढीमा भएको विन्दास अवार्डप्रति कलाकारहरुले असन्तुष्टि जनाएका छन् । यु ट्युव तथा चर्चामा आएका कलाकार विन्दास अवार्ड हुनबाट बञ्चित भएको भन्दै उनीहरुले असन्तुष्टि जनाएका हुन् ।
आयोजकको लापरवाहीले पुराना, चलेका कलाकार अवार्ड पाउनबाट बञ्चित भएको नाम नभन्ने शर्तमा एकजना कलाकारले बताउनुभयो । चैत २ र ३ गते धनगढीमा भएको विन्दास अवार्ड २०७६ को उपाधीका लागि देशभरका थारु कलाकारहरु सहभागीता जनाएका थिए ।
अवार्ड चर्चित कलाकारले पाउनु पर्ने धारणा राख्दै भर्खर कलाकारिता पेशामा प्रवेश गरेका नवप्रवेशीलाई अवार्ड दिनु आयोजकको लापरवाही भएको असन्तुष्ट कलाकारको टिप्पणी छ । यस बर्षको अवार्ड कार्यक्रमबाट आफू सन्तुष्ट नभएको गुनासो मोडल विवस चौधरीले गर्नुभयो ।
अहिलेका थारु सुपरस्टार भनेर चिनिने चर्चित मोडल विर चौधरी, विवश चौधरी, चर्चित गायक श्रीनिवास चौधरी, उत्तम चौधरी, गायक नरेश जोगी, सुनिता दहित, प्रमिला चौधरी, मुकुन्द जिसी, श्रीदेवी चौधरी लगायतले अवार्ड पाउनबाट बञ्चित भएका थिए ।
चित्त बुझ्ने काम पनि भएन, यस बर्षको अवार्ड खाली मान्छे हेरेर दिएको देखियो उहाँले गुनासो गर्नुभयो । जसको नाम र चर्चा छ उसले अवार्ड पाउनु पर्ने हो, मोडल सुनिता दहितले भन्नुभयो । भर्खर कलाकारिता पेशा अङ्गालेका र भोटिङ्गको आधारमा अवार्ड दिनु आमकलाकारको अपमान भएको उहाँले धारणा राख्नुभयो ।
‘कलाकार श्रीनिवासको सवैभन्दा बढि भोट आएको सुनिन आएको छ’ एक कलाकारले भन्नुभयो तर उहाँको नाम नै अवार्डमा देखिएन, यो विडम्बनापूर्ण भयो । मुकुन्द जिसीको ३१६०, मोडल विर चौधरीको १७६ , विवस चौधरीको ४४० र देवदास चौधरीको ७ हजार भोट आएको छ ।
भोटिङ्गको आधारभन्दा पनि चर्चामा रहेको आधारमा अवार्ड दिनुपर्ने कलाकारहरुको माग छ । गत साल पनि त्यही मोडेलले पाउने र यसबर्ष पनि सोही मोडेलले अवार्ड पाउनु त्रुटीपूर्ण रहेको असन्तुष्ट कलाकारहरुको आरोप छ ।
विन्दास अवार्डबाट सम्मानित हुनेहरुमा सर्वोत्कृष्ट आधुनिक गायन (पुरुषतर्फ) खेम चौधरी (सीतरी बयाल), आधुनिक गायन (महिलातर्फ) समीक्षा चौधरी, लोक गीत गायन (पुरुष) राजु चौधरी (लेहङगा फरिया), लोक गीत गायन (महिला) समीक्षा चौधरी, सर्वोत्कृष्ट पप गायन (पुरुष) रोशन रत्गैंया, पप गायन (महिला) अन्जु कुश्मी, फिल्म स्कृप्त लेखक राजकुमार श्रेष्ठ, फिल्म निर्देशक चन्द्र चौधरी (चाँद), म्युजिक भिडियो निर्देशक मुन्ना लभ कुश्मी, छायांकनमा जितु चौधरी, दृश्य सम्पादनमा शाहिल चौधरी सम्मानित भएका थिए ।
त्यसैगरि नव प्रतिभा (पुरुषतर्फ) राजेश चौधरी, नवप्रतिभा (महिला) सृजना चौधरी, सर्वोत्कृष्ट गीत सोल्हा श्रृंगारका सुवेश कठरिया, सर्वोत्कृष्ट गीतकार सुवेश कठरिया, मोडल (पुरुष) देवदास चौधरी, मोडल (महिला) सुशिला कार्की र युगल मोडलमा राज कुश्मी र अन्जु कुश्मीलाई सम्मानित भएका थिए ।
विन्दास अवार्डका संयोजक हिरेन्द्र चौधरीका अनुसार कलाकारहरुलाई अनलाईन फर्मबाट सवै जानकारी गराएको हुनाले अवार्ड नपाएपछि दुखेसो पोख्नु कलाकारिताको मर्यादा प्रतिकुल भएको बताउनुभयो । कलाकारहरु सहनशील, स्वाभिमानी हुन आवश्यक हुन्छ उहाँले बताउनुभयो ।
अवार्डका लागि ४० प्रतिशत भोटिङ, १० प्रतिशत आयोजक र ५० प्रतिशत निर्णायक मण्डल (जुरी मेम्बर) बाट छनौट गरिएको उहाँले जानकारी गराउनुभयो ।
अवार्डका लागि ४८ जना थारु कलाकार सहभागिता जनाएका थिए । घोडाघोडी मिडिया सञ्चार समुह (बिन्दास मिडिया) ले १८ विधामा राष्ट्रियस्तरका थारु म्युजिक अवार्डबाट कलाकारहरुलाई सम्मानित गरेको हो ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu