मेरो डायरी (बास्तविक जिवनमा आधारित सत्य कथा/पढेर राम्रो लागे सेयर गर्नु होला)

Wednesday, 11 October 20170 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

लेखक:-बिनोद चौधरीको सत्य कथा,
मेरो डायरी,,,,,
भगवान पुज्न कुनै मठ मन्दिर धाउन पर्दैन , यदि स्वच्छ मनले कसैलाई सेवा गर्नुहुन्छ भने तपाई स्वयम् भगवान हुनुहुन्छ। स्वर्गको आनन्द उसले मात्र प्राप्त गरेको हुन्छ, जो निस्वार्थ अनि निष्पक्ष ढङ्गले सधै अरुको भलो चाहन्छ र अरुकै खुसीमा रमाउन छन। यदि तपाई सत्यको बाटोमा हिंड्नु भएको छ भने बाधा अबरोध आउन सक्छन् त्यसलाई चिर्दै अघि बढनु हुन्छ भने एक दिन अवश्य लक्ष्य प्राप्त गर्नु हुनेछ।

समय गतिशील छ आफ्नो गतिमा चलिरहेको हुन्छ। समयले कसैलाई पर्खदैन। यही समय संगै हाम्रो जीवन चक्र चलिरहेको हुन्छ। समयको  महत्त्व जसले बुझेको हुन्छ त्यो ब्याक्तीको हरेक पाइलामा सफलताले चुमेको हुन्छ।

जीवन सुखदुःख को संगम हो।  कहिले सुख त कहिले दुख, यसरी नै हाम्रो जिवन अनन्तकाल सम्म चलिरहनेछ। सबैकोे एकै किसिमको जीवनयापन हुदैन कोहि धनी छन त कोहि गरिव , कोहि सुखले मातिएका हुन्छन् त कोहि दुखमा पनि खुसी खोजेको हुन्छ। यधपी यसलाई हामीले यसरी बुझ्नुपर्ने हुन्छ कर्म यानिकी मेहनत गरे  अनुसारको फल प्राप्त हुन्छ। मेरो जन्म गरिव परिवारमा भएको हो। मैले सानो उमेर देखी नै दुखकष्टसँग लड्दै धेरै उतारचढावको समाना गर्दै यहाँ सम्म आइपुगेको छु।हजारौं घुम्तीहरुमा लाखौं परिचीत र अपरिचितसँग ठक्कर खादै गन्तव्य तिर बढेको छु।यसै क्रममा हजारौं असल मित्रहरू पाए भने केही शत्रुको सामना पनि गरे।कोहि देवता जस्ता मित्र थिए उनले बोलेको बोली प्रबचन सुनेको जस्तो लाग्थ्यो।कोहि मानव रुपि दानवको व्यावहार गर्थे। यस्तै यस्तै टक्कराबसँग लडाइँ गर्दै जिन्दगीको यात्रा बढाउदै जादा सुनसरीको दुहबी नगरपालिका डुबरा-१०, बालकुर सिमरियाको एक अपरिचित ब्याक्तीको गृह दुवारमा प्रवेश गर्न पुगे। त्यस दुवार प्रवेश गर्नासाथ मैले  स्वर्गको आनंद महसुस गरे। म अपरिचित थिए तर पनि उहाँहरुको संस्कारले धेरै पुरानो सम्बन्ध जस्तो आभास गरायो। मैले त्यतिबेला एकाअर्कालाई कस्तो व्यवहार गर्नुपर्छ भन्ने ज्ञान् प्राप्त गरे।कुनै आगन्तुक लाई गर्नुपर्ने संस्कार सिके।

उहाँको घर कामको सिलसिलामा गरेको हुनाले मैले आफ्नो कामको बारेमा बताए उहाँले घर रङ्गयाउन यानिकी घर पेन्ट गर्ने मान्छे खोज्नु भएको रहेछ। चाडबारको बेलामा जो कोहीले पनि आफ्नो घर सिङ्गारेको हुन्छ।त्यस्तै उहाँले पनि हिन्दुहरुको महान चाड दसैं ,तिहार को अवसरमा आफ्नो घर रङ्गयाएर सुन्दर बनाउने चाहाना गर्नुभएको रहेछ।र, सो काम मैले उहाँसँग बिन्ती गरेर ठेक्कामा लिए र तपाईंको नाम के हो ?भनी प्रश्न गरे । उहाँले सुमधुर मुस्कानको साथमा जवाफ दिनुभयो मेरो नाम डिठाराम चौधरी हो। त्यतिबेला मैले पनि आफ्नो नाम बताएको थिए। उहाले सोही क्रममा आफ्नो परिवारको सदस्यहरुलाई देखाउदै क्रमशः उहाँहरुको परिचय गराउनु भयो बुवा गेनालाल चौधरी , श्रीमती एभन चौधरी , छोरी सुभ श्री चौधरी र छोरा सिद्धि बिनायक चौधरी गरि जम्मा पाँच जनाको परिवार हुनुहुन्थ्यो। उहाँहरुमा पनि असल व्यवहार , संस्कारले भरिएको र उच्च बिचार भावना  थियो। उहाँहरु सम्पन्न परिवारका भएर पनि कसैलाई थिचोमिचो नगर्ने शोभावका थिए। उहाँले भन्नुहुन्थ्यो हामी मानव सबैभन्दा बुद्धिजीवी सर्वश्रेष्ठ प्रा‍णी हौं। फेरि किन हामी एकाअर्कालाई कुव्यवहार गर्ने। कर्मले कोही सानो र ठुलो हुँदैन , हुन्छ त केवल हेर्ने दृष्टि र बिचार भावना। त्यसैले पहिले तपाई भित्रको फोहोर बिचारलाई बद्लेर पबित्र अनी स्वच्छ बिचार भावनालाई अंगाल्नु पर्छ।सबैजना आ-आफ्नो क्षेत्रमा अब्बल हुन्छन् । त्यसैले हामीले कसैलाई भेदभाव नगरी संमान व्यवहार गर्नुपर्छ। त्यस्तै उहाँले कुरा थप्दै भन्नुभयो मैले आफ्नो सन्तानलाई कुनै किसिमको संस्कार दिएको छैन । उनीहरुले हामीले जे जस्तो गरेको छौँ त्यही सिक्दै गएका हुन।जङ्गलमा रुख बिरुवा जसरी हुर्केका हुन्छ त्यसै गरि मेरा सन्तान पनि हाम्रै काखमा बढ्दै गएका छन ।अहिलेसम्म मेरा कुनै सन्तान कुलतमा फसेको छैन र बिश्वासका साथ भन्ने गर्छु कि कहिले फस्ने छैन। हामीले जस्तो व्यवहार गर्छौ हाम्रो सन्तानले पनि त्यहीँ कुरा सिकेको हुन्छ। त्यसैले आफ्नो सन्तानलाई सहि मार्ग देखाउनु भन्दा पहिले तपाईं आफै सहि दिसा अपनाउनु पर्छ। तपाई स्वयम् सत्यको बाटोमा हिंड्नु भएको छ भने तपाईको सन्तान पनि सोही बाटो हिड्ने छन। त्यसैले पहिले तपाई आफूलाई बदल्नु होस तपाईंको परिवार आफै बदल्ने छ।

थोरै समयमा उहाँहरुसँग म यति धेरै घुलमिल भैसकेको थिए कि उहाँहरु मेरा आफन्त जस्तै लाग्थ्यो। उहाँहरुले पनि मलाई कहिले पराइ ठान्नु भएन। कहिलेकाही त भन्ने गर्नुहुन्थ्यो कि तपाई यही घरको सदस्य हो। तपाईलाई  यो घरमा जहिले पनि स्वागत छ।हाम्रो रगतको सम्बन्ध नभए पनि तपाई र हाम्रो सम्बन्ध गाढा रहनेछ।उहाँहरुले त्यसो भन्दा त्यतिबेला धेरै खुसी को आनन्द  मिल्यो र हर्सको आँसु खस्यो । मैले कहिलेकाही दुखसुखको कुरा गर्दा उहाँहरु भाबुक हुन्थे र आँखा भरी आँसु टिलमिल गर्थे।उहाँहरु दयालु हुनुहुन्थ्यो कसैको दुख देख्न सक्दैन थे। यतिसम्म दयालु हुनुहुन्थ्यो कि कोही दुखमा परेको सुन्नासाथ दुखिको घाउमा मलहम लगाउन पुग्नुहुन्थ्यो।

उहाँलाई दाइ भनेर सम्बोधन गर्थे। उहाँको श्रीमतीलाई भाउजू भन्थे। भाउजू आमा जस्तै थिइन। भाउजू सुशील, असल सिलस्वभावका साथै बत्तीस लक्षण युक्त थिइन।आखामा राख्दानी नबिजाउने किसिमको थिइन। उहाँहरुको जोडी राधाकृष्ण को जस्तो थियो। एकाअर्कामा यति धेरै प्रेम थियो कि देखेर आफै दङ्ग पर्थे।भाउजूले मलाई असाध्यै माया गर्नुहुन्थ्यो। उहाले केहि कुरा लुकाउनु हुन्नथ्यो। उहाँले भन्ने गर्नुहुन्थ्यो  तपाई मेरो आफ्नै भाइ जस्तो हुनुहुन्छ। दाइले भने जस्तै भाउजूले पनि दोहाराउनु भयो कि तपाई यो घरको सदस्य हुनुहुन्छ। पहिले यो घरको राजपाठ सासुससुरा बा को थियो। उहाँहरु वृद्ध भए संगै राजपाठको जिम्मेवारी हामीले पायौं। घरपरिवार कसरी चलाउने , इस्टमित्रलाइ आदर संमान कसरी गर्ने भन्ने ज्ञान् मैले आफ्नो घरपरिवारको बुजुर्कहरुसँग सिकेको छु। सासू ससुरो भनेको देवता हुन। हामीले उहाँहरुको चित्त कहिले दुखाउन हुन्न।

उहाँहरुको सधै भरी सेवा गर्नुपर्छ। बुहारी भनेको घरको गहना हुन। जुन घरको बुहारी गुणवत्ती हुन्छन्। त्यो घरमा देवताकोबाँस हुन्छ। घरमा कोहि आगन्तुक पाहुना या कामदार आयो भने देवता आएको जस्तो महसुस हुन्छ। उहाँहरुलाइ देवता जस्तै मान संमान गर्नुपर्छ।कहिलेकाहीँ घरपरिवारमा मनमुटाव हुनसक्छ। त्यसलाई मिलेर समयमै समस्या को समाधान गर्नुपर्छ। घरमा भएको राम्रा नराम्रा कुरा कहिले घर बहिरकालाई सुनाउनु हुन्न। आफ्नो घरको समस्या आफैले  मिलेर समाधान गर्नुपर्छ। रिस मनमा कहिले राख्नु हुन्न।रिस तपाईको सबैभन्दा ठुलो सत्रु हो । यसले तपाई स्वयम् लाई हानी पुर्याउछ।रिस लाई काबु राख्न सक्नुपर्छ। यदि तपाई सुख शान्ति चाहनुहुन्छ भने पहिले आफ्नो मन सफ राख्नुहोस त्यसपछि घर सफा अनि बाहिरी रुप सफा राख्नुहोस। सुख दुख घाम छाया हुन। दुख पर्दा कहिले आत्तिनु हुन्न र सुखमा मात्तिन्नु पनि हुन्न। दुखको सामना डटेर गर्नुपर्छ।जो दुखसँग डराउदैन उसँग दुख पनि डरलेभाग्ने गर्छ। उहाँहरुको बोलिमा सरस्वती मातले बाँस गर्नुभएको रहेछ सुमधुर आवाज जति सुनो उति सुनुसुनु लाग्ने ।अन्त्यमा भाउजू ले भन्नुभयो पहिचान नरहे जाति समुदायको अस्तित्व मेटिने हुँदा धर्म , कला, संस्कार र साँस्कृतिकलाई हामी सबैले जोगाइ राख्नु पर्छ।

कथा संयोजक - सुदराम थान्दार थारु
लेखक - बिनोद चौधरी
फोटो श्रेय - शुभश्री चौधरी
(फोटोमा देखिएको मानिसहरु यस कथाका वास्तविक पात्रहरू हुन)।।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu