प्रस्तुति र तस्विरः-लक्की चौधरी,,=घोडाघोडी नगरपालिका –१, सुख्खडबजारमा हो मेरो घर । २०७४ फागुन २८ गते सोमबार दिनभरको काम सकाएर घरमा बसेको थिएँ । केही कार्यकर्तासँगको भेटघाटपछि आराम गरिरहेको थिएँ । श्रीमती निर्जना चौधरी भातभन्साकालागि भान्सा कोठामा थिइन् । साँझको करिब ८ बजेर १० मिनेट गएको थियो । मेरो निजी ड्राइभर केशव हमाल घरभित्र छिरे । ‘कोही मानिस भेट्न चाहेका छन्’ खवर ल्याए । ‘हुन्छ भित्र पठाउ’ भनेर भनें । ‘कोही आफन्त वा कार्यकर्ता होलान्’ लाग्यो । दिनहुँजसो भेटघाट त भइरहेकै थियो । वेडरुमबाट बैठक कोठा (वरण्डा) मा आएँ । त्यहाँ खटिया राखिएको थियो । छ जनाको समूह रहेछ । सबै अपरिचित मानिस थिए । करिब २० वर्षदेखि ३५ वर्ष उमेरसमूहका हुँदा हुन् ।
उनीहरु छजना, म एक्लो थिएँ । सकेसम्म प्रतिकार गरें । टाउकोमा खुकुरी बजारे । रक्ताम्य भएँ । सकेसम्म टाउको बचाउनतिर ध्यान दिएँ । हातले टाउको बचाउँदा धेरै ठाउँमा खुकुरीले काटियो ।
कसैको अनुहार ठम्याउन नसकेपछि ‘के काम थियो होला ?’ सोधें । उता, ड्राइभरलाई धम्क्याइसकेका रहेछन् । उनीसँग रहेको मोबाइलसेट कब्जा लिएका रहेछन् । भित्र छिरेपछि वरण्डाको बत्ती अफ गरे । मलाई शंका लाग्यो । एउटाले सोध्यो, ‘तैं होस् मेयर ?’ मैले ‘हो’ भनें । अर्कोले मुड्की बजारी हाल्यो । ‘ए किन हानेको ?’ के भनेको थिएँ, चारैतिरबाट आक्रमण गरिहाले । पहिले मुड्कीले हाने । पछि दुईजनाले समाते । अरुले खुकुरी निकालेर छप्काउन लागे । कराएँ । हारगुहार गरें । श्रीमतीलाई भान्सा कोठामा बाहिरबाट चुकुल लगाइदिएका रहेछन् । उनी भान्साकोठाबाट कराउन थालिन् । मलाई अन्धाधुन्ध हान्न थाले । उनीहरु छजना, म एक्लो थिएँ । सकेसम्म प्रतिकार गरें । टाउकोमा खुकुरी बजारे । रक्ताम्य भएँ । सकेसम्म टाउको बचाउनतिर ध्यान दिएँ । हातले टाउको बचाउँदा धेरै ठाउँमा खुकुरीले काटियो । शरीर रगतैरगतले भिज्यो । हारगुहार माग्दै घरबाहिर निस्कन खोजिरहें । मेरो आवाज सुनेपछि छिमेकी आए । छिमेकीलाई देखेपछि आक्रमणकारी डराएजस्तो भए । अन्तिममा जानेबेला कोखामा पेष्टोल तेस्र्याए । प्रतिकार गर्नेक्रममा घरि उफ्रिने घरि बस्ने भइरहेको थियो । कोखामा तेस्र्याएको पेष्टोल चल्दा उफ्रेकोबेला परेछ । कम्मरमुनी गोली लाग्यो । त्यसपछि म ढलें । खुट्टामा बल लागेन । बचाउ बचाउ ! मात्र भनिरहें । उनीहरु पेष्टोल पड्काएर भागे । धन्न ! गोलीले पेट छेड्न पाएन । कम्मरको तलतल गएर जांघ्रामा गोली अड्केको छ । भगवान दाहिना भए । मेरो भाग्यले बचायो । यी सबै काम पाँचदेखि छ मिनेटको बीचमा भयो ।
छिमेकीले आक्रमणकारीलाई पक्रन खोजेका रहेछन् । बन्दूक देखाउँदै भागे । कसैलाई पक्रन सकिएन । मलाई ढलेको देखेपछि छिमेकीले नजिकको घोडाघोडी अस्पताल पु¥याए । त्यहाँ चिकित्सकले टाउकोमा खुकुरीको घाउमा टाँका र पट्टि लगाइदिए । गोली लागेको घाउ चेक गरे । रगत धेरै बगिसकेको थियो । ‘गम्भीर अवस्था छ’ भन्दै सामान्य उपचारपछि मलाई तुरुन्त कोहलपुरकालागि रिफर गरेछन् । मलाई केही घण्टामा राती नै कोहलपुरको नेपालगञ्ज मेडिकल कलेजमा पु¥याएछन् । रातभरी त्यहाँ उपचार भएपछि अर्कोदिन थप उपचारकालागि काठमाडौं ल्याए । शिक्षण अस्पतालमा उपचारपछि अहिले स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ । शौचालयसम्म आफै हिड्ने भएको छुँ ।
बोक्सी काण्डः
अन्तर्राष्ट्रिय महिला दिवसका दिन घोडाघोडी ५, देवकलिया गाउँकी राधा चौधरीलाई बोक्सीको आरोपमा गुरुवा रामबहादुर चौधरीको नेतृत्वमा स्थानीयले कुटपिट गरेका रहेछन् । त्यो घटनाले ठूलो रुप लियो । त्यो दिन एकजना हाम्रा छिमेकी खसेका (वितेका) थिए । म दिनभर मलामीमा गएकाले त्यो घटनाबारे साँझमात्र थाहा पाएँ । त्यो घटनामा संलग्नलाई पीडितले कारवाहीको माग गरेका रहेछन् । घटनामा संलग्न गुरुवासहितलाई सुख्खड प्रहरी कार्यालयमा बोलाए । घटनाबारे मलाई विस्तृतमा थाहा थिएन । त्यसबारे बुझुँला लागेको थियो । राधामाथि गरिएको आक्रमण निन्दनीय थियो । पीडकलाई कारवाही हुनुपर्छ भन्ने मैले पनि सोचेंको थिएँ । फागुन २४ गतेको घटना थियो त्यो । दिनभर मलामीमा गएर थाकेको थिएँ । अर्कोदिन त्यसबारेमा बुझेर प्रक्रिया अगाडि बढाउनुपर्ला लागेको थियो । भोलिपल्ट मेरो नाम जोडेर अनेक प्रचारबाजी भयो । ‘मेयरले घटनाका दोसीलाई छुटाउन पहल ग¥यो’ भनेर । ‘प्रहरीले उजुरी लिन मानेन, मेयरकै रोहवरमा पीडकलाई छुटाइयो’ अनेक झुठा समाचार मिडियामा आइरह्यो । जोकी मैले केही पहल लिएकै थिएन । पीडकलाई कारवाही हुनुपर्छ भन्ने मैले पनि भनिरहेको थिएँ ।

मिडियामा समाचार आएपछि, ‘एक कान दुईकान मैदान’ भयो । सबैले मेयरलाई दोसी देख्न थाले । सुख्खड प्रहरीको भनाई राखेर समाचार प्रकाशन, प्रशारण भएको देखें । जोकी मैले प्रहरी कार्यालयमा गएर पीडकलाई मिलाउन कुनै काम गरेको थिएनँ । न मैले कहीं कागज गरेको थिएँ । न त हस्ताक्षर नै । तर प्रचार त्यसरी गराइयो । बोक्सी काण्डको घटना गलत थियो । गाउँमा गएर अवस्था बुझेको थिएँ । उपचाररत राधा चौधरीको स्वास्थ्य अवस्थाबारे अस्पतालमै गएर बुझेको थिएँ । पीडकलाई कारवाही गर्न प्रहरीसँग माग गरेको थिएँ । तर त्यो घटनाको दोस ममाथि आयो । मलाई बदनाम गराइयो । सायद त्यही घटनालाई बहाना बनाएर ममाथि आक्रमण भएहोला । घटना हुनुअघि कसैसँग मेरो रिसइबी थिएन । कसैले आक्रमण गर्ने धम्की पनि दिएको थिएन । अकस्मात आक्रमण भयो । कल्पनाभन्दा बाहिरको आक्रमण थियो ।
सुरक्षाकर्मीले खेल्योः
सुख्खड प्रहरी कार्यालयका एसपी विनोद घिमिरे हुन् । घटना २८ गते भयो । ३० गते मेरी श्रीमतीलाई प्रहरी कार्यालयमा बोलाएर किटानी जाहेरी दिन लगाए । घटनामा संलग्नलाई श्रीमतीले चिन्दिनन् । उनले त अनुहार पनि देख्न पाइनन् । आवाजमात्र सुनेकी थिइन् । भान्साकोठामा चुकुल लगाएर आक्रमणकारीले उनलाई बन्द गरिदिएका थिए । मैले पनि आक्रमणकारीलाई चिन्दिनँ । प्रहरी कार्यालयमा श्रीमतीलाई बोलाएर खाली कागजमा हस्ताक्षर गराउने कामभयो । प्रहरीले आफ्नो किर्ते किटानी जाहेरी बनायो । १३ जनाको नाममा किटानी जाहेरी गरेको सुनेको छुँ । श्रीमतीले कसैको नाम लिएकी होइनन् । मैले पनि कसैलाई चिन्दिन भनेको छुँ । कसरी किटानी जाहेरी प्रहरीले दर्ता ग¥यो ?

आफ्नो दुश्मनी भएकामाथि प्रहरीले मनोमानी जोहेरी ग¥यो । उनीहरुलाई पक्राउ गरेर सार्वजनिक मुद्दा लगायो । त्यसले दुश्मनी हाम्रो देखियो । भोलि उनीहरु हामीलाई दोस देलान् । ‘किटानी जाहेरी दिएर पक्राउ गरायो’ आरोप लगाउलान् । जोकि हामीले तिनीहरुलाई चिन्दैनौं र ‘पक्राउ गर’ भनेर सुरक्षाकर्मीलाई भनेका छैनौं । यो कुरा प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई पनि भनेको छुँ । सुरक्षाकर्मीले खेल्न खोजिरहेकोजस्तो आभास भएको छ । वास्तविक दोसीलाई खोज्न छाडेर निर्दोलाई धरपकड गर्नु ठीक होइन । मैले यो कुरा नेताहरुलाई पनि भनेको छुँ । भोलि फर्केर गएपछि त्यहाँ पनि भनुँला । वकिलले वयान लिएमा त्यहाँ पनि बयान दिउँला । आक्रमणमा संलग्नको नाममा निर्दोसले सजाय पाउनु हुन्न ।
धन्यवाद सहयोगीहरुलाई !
म ममताप्रसाद चौधरी ४० वर्षको भएँ । २०३५ वैशाख १३ गते जन्मेको हुँ । मेरो घटना भएपछि मलाई यस अवस्थामा उद्धार गर्ने, सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दछुँ । सुरक्षा गर्नुहुने परिवाका सदस्य, आफन्त, छिमेकी, सुरक्षाकर्मी सबैप्रति कृतज्ञ छुँ । सबैभन्दा वढी धन्यवाद त उपरवालालाई । जसले मलाई पुनर्जीवन दिए । धन्यवाद ! नेपाल सरकार र प्रधानमन्त्रीदेखि मन्त्रीसम्म सबैलाई । धन्यवाद माननीय सांसदहरुलाई । प्रमुख जिल्ला अधिकारीलाई । सुरक्षा निकायका प्रतिनिधिहरुलाई । मेरो उपचारमा जसरी सहयोग भयो, म सधैं सरकारप्रति ऋण रहनेछुँ । प्रधानमन्त्री केपी शर्मा ओलीको चासो र सहयोगप्रति नतमस्तक छुँ ।