थारु महिला सभा सुनसरीकाे दाेश्राे अधिवेसन चैत १० गते इटहरीमा हुने

Thursday, 22 March 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
सुनिल चौधरी,,
झुम्का:=थारु कल्याणकारिणीसभाको भातृ संगठन थारु महिला सभा जिल्ला सुनसरीको दोस्रो अधिवेशनको तयारी पूराएभएको जनाएको छ ।
सभाले बुधवार झुम्कामा पत्रकार सम्मेलन गर्दै सो जानकारी गराएको हो । सभाले संविधान संसोधनको माग पनि गरेको छ । जिल्ला सभा सुनसरीको चैत १० गते अधिवेशन गर्न लागेको छ ।
जिल्ला अध्यक्ष सुशीला चौधरीले थारुमाथि सदियौदेखि भएको दमन अन्याय अत्याचार बिभेद जारी रहेकोप्रति आपत्ति जनाउनुभयो । क्षणिक स्वार्थलाई छाडि थारुहरुको अग्राधिकारप्रति समर्पित हुन सबै थारु समुदायलाई प्रेस बिज्ञप्तिमार्फ सभाले आग्रह गरेको छ । थारुहरुको अधिकार र पहिचान मेटिने अवस्थामा रहेको बर्तमान सन्दर्भमा थारु महिला सभाले संबिधान संसोधनमार्फत सम्बोधन गर्नहुन राज्यसंग माग गर्दछ बिज्ञप्तीमा उल्लेख छ ।
सभाले थारु महिला, बालबालिकाप्रति भएको बिभेद, घरेलु हिंसा, यौन हिंसा, शोषणको अन्त्यगरी समान अधिकार, सम्मान प्रदानहेतु थारु महिला सभा जिल्ला कार्यसमितिले माग गरेको छ ।अधिकारकालागि आन्दोलन गरेका पुर्वदेखि पश्चिमसम्मका थारुहरुलाई झुठा मुद्दा लगाई थुनामा राखेर थारुमाथि सरकारले अन्याय गरिरहेको आरोप सभाले लगाएको छ । थारु कानून व्यवसायी रामराज चौधरीले झुठा मुद्दा अविलम्ब खारेज गर्न माग गर्नुभयो ।

महिला सभाले थारु भेषभुषाको बृहतरुपमा झाँकी प्रदर्शन गर्दै अधिवेशन अधिकारकालागि मनाउन सम्पुर्ण तयारी पुरा भएको जानकारी दिएको छ । अधिवेशन ईटहरी ९ स्थित श्री जनता मा.बि.को प्राङ्गणमा हुनेछ । कार्यक्रम सफलताकालागि थारु समुदाय लगायत गैर थारु बुद्धिजिवि, समाजसेवि, पत्रकारमा अधिवेसनमा उपस्थितीकालागि सभाले अनुरोध गरेको छ ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu