काठमाण्डौ:= नवनियुक्त कानुन मन्त्री शेर बहादुर तामाङ प्रतिनीधि सभा सदस्य रेशम चौधरी अपराधि नभएको बताएका छन् । उनले सपथ र पदभार ग्रहण गरे लगत्तै सोमबार मन्त्रालयमै पत्रकार सम्मेलन गरि रेशम चौधरीलाई अदालतले घोषणा नगरेसम्म अपराधि भन्न नमिल्ने बताउँदै सो कुरा बताएका हुन् ।
रेशम चौधरी अपराधि हुन् कि होईनन् भन्ने विषयमा अनुसन्धान भैरहेको बताउँदै मन्त्री तामांगले भने,“उनी अपराधि घोषित भएछन् भने कानुनले सांसद भएपनि उनलाई छोडदैन । र भएनन् भने ससम्मान उनलाई सपथ खुवाईने छ ।” मन्त्री तामांगका अनुसार अब स्थानीय देखि प्रदेश हुँदै संघमा कानुन नयाँ बन्नेछ ।
पत्रकार सम्मेलनमा मन्त्री तामांगले ठुलादेखी साना पदमा भएका सबै सरकारी कर्मचारीले आफ्नो सम्पत्ति विवरण पेश गर्नु पर्ने भन्दै उनले आफ्नो नाममा भएको सम्पत्ति विवरण पेश गरेका थिए । भिडियो सहित:-