गजल ,,
देशको हैन रहेछ अब त यहाँ पार्टीको झन्डा लगाई रहेछ्न
मेरो पहाड तेरो तराई भनी नेपाल अंसबण्डा लगाई रहेछ्न
शान्तिको नाममा खोला नाला सबैतिर अाज रगत बगाएर
बुझ्नै नसकिने साच्चै खै के हाे के हाे घमण्ड लगाई रहेछ्न
त छाड म छाड भन्दै एक अापसमा भ्रस्टचारी नीति लिएर
बिदेशीकाे ईसारामा अाफ्नै कानुनलाई धब्बा लगाई रहेछन
मै हु भन्ने हाम्रो नेता मन्त्री सबैजन बिके बिदेशी डलरमा
जन्मभुमि जननी लाई बेच्ने दलालीले दाउ लगाई रहेछन
४जात ३६वर्ण एकअापस मिली सजिएकाे मेराे सिङ्गो नेपाल
टुक्राटुक्रा पार्ने साेचले जातीय दाेन्द गर्ने दाउ लगाई रहेछन
१०बर्से जनयुद्ध, लाेकतन्त्र,प्रजातन्त्र सत्ता खाने मेलाे मात्र
भाईभाए मार्ने राबणकारी सडयन्त्र काे घाउ लगाई रहेछन
( लेखक:= बिजय तामाङ /हाल: मलेसिया)
