मिस्टर र मिस थारु सिजन २ को दोस्रो अडिसन बुटवलमा सम्पन्

Monday, 10 September 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

बुटवल := मिस्टर र मिस थारु सिजन २ को दोस्रो अडिसन बुटवलमा सम्पन भएको छ । बुटवलको होटेल मिलन मा अडिसन कार्यक्रम भएको थियो।

कार्यक्रममा बिशेस अतिथिको रुपमा था.क.स जिल्ला समिति रुपन्देही सभापति श्री सतिश कुमार चौधरी, था.क.स सुधोधन गाउपालिका सभापति श्री पल्टन चौधरी, था.क.स जिल्ला समिति रुपन्देही सदस्य श्री चंद्रभान चौधरी र सरिता चौधरीको उपस्थिति रहेको थियो । साथै निर्णायकमा पत्रकार/गायक श्रीनिवास चौधरी, सुजित बश्याल र मिस लुम्बिनी बेस्ट कल्चर वल्क को उपाधि पाउन सफल श्री रेनुका चौधरी रहेका थिए। 

अडिसनमा १७ जना सहभागीको सहभागिता रहेका थियो भने त्यसमा ७ जना छ्नोटमा परेका छ्न । सो आयोजनाले चयन गरेकाहरुमा अखिल थारु, रविन चौधरी, राज चौधरी, सविता चौधरी, मैया थारु, बिग्यान चौधरी र सोनम चौधरी रहेका छन् । यसै क्रममा आयोजकका तर्फबात उनिहरुलाइ बधाई ज्ञापन गरिएको थियो ।
आयोजकका अनुसार आगमि अडिसन भाद्र २५ गते चितवन, २७ गते लाहान, २८ गते इटहरी र अन्तिम अडिसन ३० गते काठमाडौमा हुनेभएको छ ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu