फोनिज चितवनको सातौ साधारणसभा सम्पन्न/पत्रकारको क्षमता विकासमा जोड

Saturday, 6 October 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
हमार सनेश सहकर्मी ,,
चितवन:= आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनको सातौ वार्षिक साधारणसभा सम्पन्न भएको छ । पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वक्ताहरुले जनजाति पत्रकारको क्रियाशिलता तारिफयोग्य रहेको बताए ।

महासंघका अध्यक्ष खतिवडाले जनजाति पत्रकारको क्षमता बिकास र प्रोत्साहनका लागि सधै सहयोग गर्न तत्पर रहेको उल्लेख गरे । उनले पत्रकारितामा अब्बल सम्भावना बोकेका क्षमतावान पत्रकार फोनिजमा रहेको बताउदै सबैसंग सहकार्य गर्दै अगाडि बढ्न सुझाव दिए । कार्यक्रममा फोनिजका केन्द्रिय सदस्य राजु चौधरी, आदिवासी जनजाति महासंघ चितवनका अध्यक्ष सुरवीर मगर, जनजाति महासंघ जपानका महासचिव रमेश रानामगर, प्रेस चौतारी चितवनका उपाध्यक्ष सुवास पण्डित, प्रेस युनियन चितवनका अध्यक्ष नारायण अधिकारी, प्रेस नेपाल चितवनका अध्यक्ष प्रकाश ज्ञावाली, स्वतन्त्र पत्रकार संघका अध्यक्ष सुर्य प्रकाश कँडेल लगायतले मन्तव्य राख्दै जनजाति पत्रकारहरुको लेखनशैलीको बिकासमा फोनिजले भुमिका खेल्न सक्नुपर्ने बताए ।
संस्थाको भावी कार्ययोजना प्रस्तुत गर्दै फोनिज चितवनका अध्यक्ष सन्दिप श्रेष्ठले जनजाति पत्रकारलाई आत्मनिर्भर बनाउन फोनिजले निरन्तर प्रयास गरिरहेको बताए । उनले फोनिजले विभिन्न तालिम सञ्चालन र स्मारिका प्रकाशनको तयारी गरिरहेको जानकारी दिए । कार्यक्रममा फोनिज चितवनका सचिव तुलमान गुरुङले संस्थाको प्रगति प्रतिवेदन र कोषाध्यक्ष ज्ञानेन्द्र तामाङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रम फोनिज चितवनका अध्यक्ष सन्दिप श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu