हमार सनेश ड्टकम,,
काठमाडौं:= पछिल्लो समय थारु कलाकारहरु नेपाली संगीततर्फ आकर्षित हुने क्रम बढ्दो छ ।
लहर बढ्ने क्रम संगै गायक नरेश जोगीकाे नयाँ नेपाली गित ‘माया बस्यो लै लै..’ बोलको गीत युट्युबमा सार्वजनिक भएको हो । यो गीतमा उनलाई गायिका शिक्षा ढुंगेलले स्वरमा साथ दिएकी छन् ।

गायक जोगीकै शब्द र संगीत रहेको गीतमा विशाल निरौलाको म्यूजिक एरेन्ज छ। गीतको भिडियोमा नेपाली ठिटोजको डान्स क्रुसहित भारतको चर्चित रियोलिटी शो ‘डान्स इन्डिया डान्स’बाट चम्किएका नेपालीभाषी सुनिल क्षेत्री र पहिलो बुगीवुगी डान्स प्रतियोगिताकी विजेता कविता नेपालीको गज्जब नृत्यु छ । ज्ञानेन्द्र शर्माले छायांकन गरेको भिडियो विकास ज्ञवालीको सम्पादन गरेका छन् । यस्तै, भिडियोको कोरियोग्राफी निश्चल केसीले र भिडियो शिशिर केसी निर्देशनले गरेका हुन्।
यसैगरी यो गीतको निर्माण समुहले भिडियो सार्वजनिकसँगै यो गीतमाथि उत्कष्ट कभर भिडियो बनाउने दुईजना र उत्कृष्ट टिकटक भिडियो बनाउने एकजनालाई पुरस्कृत गर्ने समेत निर्णय गरेको छ । उत्कृष्ट भिडियो बनाउनेमध्ये पहिलोलाई दुई लाख रुपैयाँ र दोश्रोलाई एक लाख रुपैयाँ दिइने गायक नरेश जोगीले बताए । जोगीका अनुसार उत्कृष्ट टिकटक भिडियो बनाउने एकजनालाई ५० हजार रुपैयाँ नगद पुरस्कार समेत दिइने छ । ‘यो कभर भिडियोका सौखिन र टिकटकप्रेमीहरुका लागि सुःखद अवसर हो,’ उनले भने । भिडियो जुलाई १५ सम्म पठाइसक्नुपर्ने छ्न ।
तलको लिङ्कमा क्लिक गरेर पूरा भिडियो हेर्नूहोस् :-
तलको लिङ्कमा क्लिक गरेर पूरा भिडियो हेर्नूहोस् :-