रेशम चौधरीलाई जेलमा कोच्न ग्राण्ड डिजाईन सहित सिके राउतको प्रयोग ।

Wednesday, 13 March 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

(मौसम आङ्देम्बे,,)
हिजो नेकपालाई बहुमत चाहिएको थियो सरकार गठन गर्न । ससफो, राजपाजस्ता पहिचाहनवादी पार्टीलाई खोजिरहेको मात्र थिएन कसरी हुन्छ फकाएर, झुटो आश्वासन दिएर, कृतिम सहमति गरेर, पद कुर्सी, पैसा दिएर सत्तामा नव दुलही भित्रयाएजस्तै आतुर बनेको थियो नेकपा । ससफोको मुख्य अंश थियो संविधान संशोधन, त्यस्तै राजपाको पनि मधेस प्रधानत संविधान संशोधन र टिकापुर कान्डको समाधान तथा रेशम चौधरीको रिहाई । 
२०७२ भदौ ७ मा कैलालीको टीकापुर नगरपालिका थरुहट समर्थक प्रदर्शनकारी र प्रहरीबिच दिउँसो झडप हुँदा प्रहरी बरिष्ठ उपरिक्षक सेती अञ्चलका प्रमुख एसएसपी लक्ष्मण न्यौपानेसहित नेपाल प्रहरीका ५ जना तथा सशस्त्रका २ र १ बालक सहित ८ जनाको मृत्यु भएको थियो । आठजनाको ज्यान जानेगरी भएको घटनाको मुख्य योजनाकार रहेको अभियोगमा रेशम चौधरीलाई आरोप लागाइएको थियो ।
टीकापुर घटनापश्चात रेशम चौधरी अर्धभूमिगत रहे र पछिबाट सन्जालमा देख्न सकियो । रेशम चौधरीलाई गिरफ्तार गर्नु राज्यसत्ताको लामो योजन थियो त्यो अहिले सफल भएको छ । टिकापुर घटनाको मुख्य आरोपी रेशम चौधरी हो भन्ने निर्वाचन आयोगलाई थाहा नभएको होइन । तथापि, उहाँ जस्तो एक आरोपीलाई निर्वाचन आयोगले निर्वाचनमा प्रतिनिधिको रूपमा अनुमति दिनु नियोजित कुरो हो । त्यहिबाट उनलाई गिरफ्तार गर्ने योजना बनेको अनुमान गर्न सकिन्छ । 
हामी डेढ करोड आदिवासी सबै जेल बाहिरका रेशम चौधरी हौ ।



सरकारमा सामेल भएका फोरम नेपाल र समर्थनमा रहेकका राजपा चौधरिको जन्मकैद जेल फैसलाबाट प्रभावित बन्छन् र त्यसविरुद्ध आन्दोलनले उचो रूप लिन सक्लान् भन्ने नश्लवादी सरकारलाई छर्लङ्ग थाहा भएकै हो । जब कैलाली जिल्ला अदालतले टीकापुर घटनामा दोषी ठहर गर्दै सांसद रेशमलाल चौधरी सहित ११ जनालाई जन्मकैद फैसला र्गयो तब रातारात सिके राउतजस्ता देश विप्लव, देशद्रोही, विखन्डनकारीलाई राष्ट्रिय सभागृहमा सम्मानपुर्वक आमन्त्रण गरी ११ वुँदे सहमति गरे । सिके राउतको प्रयोग पहिचाहनवादीलाई ओझेल पार्न एकात्मक नश्लवादी ओली प्रचन्डको प्रपञ्च मात्र हो । 
यद्धपि, सिके राउत मुलधारको राजनीतिमा फर्केर संविधानतस् लोकतान्त्रिक विधीमा आएर कुनै राजनीतिक पार्टी गठन गरेता पनि सिँगो मधेसलाई प्रतिनिधित्व गर्न सक्दैन भन्ने ओली प्रचन्डलाई हेक्का रहोस् । राउत स्वतन्त्र मधेसबाट स्थापित भयो र जनताले उनलाई त्यसरी नै बुझे पनि । उनलाई अब जनताबाट आजात मधेसको अपेक्षा राख्दछ त्यसबाहेक धोका भए सबै मधेसका जनता राजपा र फोरममा प्रवेश गर्ने निश्चित छ । 
इन्ट्रेसटिङ कुरो त के छ भन्दा यहाँ, रेशम चौधरी जन्मकैद जेल कोच्ने ग्राण्ड डिजायनमा सिके राउत प्रयोग त गरियो । सिके राउतको आगमन हुनु पहिचाहनवादी फोरम, राजपालाई सिध्याएर पुरानै एकात्मक महेन्द्रपथ निरन्तरता दिनु भन्ने ओली प्रचन्डले भयानक षड्यन्त्र रच्यो । सिकेलाई कसरी फसायो त्यो त उनिहरू नै जानुन् तर यो षड्यन्त्रमा ओली, प्रचन्ड, सिके तिनैजना फेलर भईसक्यो । 
एकमुस्टमा सिके राउतका समर्थकले ११ वुँदे सहमतिलाई जनमत सँग्रह भनेर नै बुझेका रहेछन् । उनिहरूले जनअभिमत, लोकतान्त्रिक पद्दति जे जे भनेर सहमति गरुन तर जनताले कसरी बुझे ? त्यसलाई कसरी ग्रहण गरे भन्नेमा निर्भर पर्दछ । अब राउत समर्थक कार्यकर्ताले यदि उसले स्वतन्त्र मधेसको मुद्दा बिर्सें भने झुन्ड्याएर मार्ने स्थिति छ । अन्ततोगोत्व, सिकेका पथ सफल होस् वा असफल स्वतन्त्र मधेस नै हो । 
राउत समर्थक मधेसी जनताले स्वतन्त्र मधेसको झन्डा बोकेर ११ वुँदे सहमति ऐतिहासिक अभूतपूर्व विजय हो भनेर दीपावली मनाएका छन । यो ट्रेन्डबाट आम पहिचाहवादीले के बुझे भने राज्यसत्ताबाट अब छिटो मुक्तिको विकल्प स्वतन्त्रको कुरो नै उठ्ने छ । अब एकैचोटी लिम्बुवान, खम्बुवान, ताम्सालिङलगायतले स्वतन्त्रको भयानक आन्दोलन उठ्यो भने यहाँ के ले थाम्छ ? नेपाल अन्तर्गत रहने गरी स्वायत्तत्ता, स्वशासन, आत्मनिर्णयको अधिकार, आफ्नो भाषा, लीपि, धर्म, संस्कारलाई समान हुनुपर्छ भन्दा टाउकोमा ताकी–ताकी गोली हानेर निर्ममतापूर्वक हत्या गर्छ राज्यसत्ताले । 
यस्तो क्रुर दमन कहिलेसम्म सहने हामीले ? यस्तै एकल जातीवादी साम्प्रदायिक औपनिवेशिक् शासन हो भने एकात्मक बाहुन शासकले लेखेर राखे हुन्छ स्वतन्त्र लिम्बुवान, स्वतन्त्र खम्बुवानको आन्दोलन उठ्छ, उठ्छ । हिजोसम्म लिम्बुवान स्वतन्त्र थियो, आफ्नै राजाहरू थिए, आफ्नै मुद्रा थियो, आज कसैले रोक्न सक्दैन स्वतन्त्र लिम्बुवान । नेपालका बाहुन शासकहरूले न्याय नदिए अन्तरराष्ट्रिय न्यायलयमा हाम्रो मुद्दा अगाडि बढ्ने छ । रेशम चौधरीलाई जति जेलभित्र पीडा छ, हामीलाई पनि उति नै पीडा छ । हामी डेढ करोड आदिवासी सबै जेल बाहिरका रेशम चौधरी हौ ।(नयाँ अनलाईनबाट)
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu