कोटातुल्सीपुरको रावतान कठरिया परिवारको प्रथम गोतियार सम्मेलन सम्पन्न

Sunday, 17 March 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
हमार सनेश सहकर्मी ,,
कोटातुल्सीपुुर कैलाली := कठरिया थारु सामुदायको रावतान कठरिया परिवारको प्रथम गोतियार सम्मेलन बर्दगोरिया गा.पा.६ कोटातुल्सीपुर कैलालीमा सम्पन्न भएको छ ।

रावतान परिवारको आपसी एकता, परिचय, वशंज पहिचान, पुर्खाहरुको दस्ताबेज संकलन गर्ने उद्धेश्यले प्रथम गोतियार सम्मेलन कार्यक्रम गरेको हो । उक्त कार्यक्रममा रावतान परिवार अन्तर्गतका डहरबिरिया, चररा, साथै सम्पुर्ण कोटातुल्सीपुर कैलालीका गोतियाहरु उपस्थित भएका थिए । 


सम्मेलन कार्यक्रममा पुर्खाहरुको नामावली प्रस्तुतिकरण गरि परिचय गरिएको थियो ।साथै पुर्खाहरुबाट पुराना पुर्खाहरुको नाम, ससुराली र हाल सम्मको रावतान पुस्ताहरुको बारेमा नामावली संकलन पनि गरिएको छ । र उक्त पुर्खा देखि हाल सम्मको नामावली दस्ताबेजलाई रावतान परिवारको अनलाइृन वेइबसाइटमा राख्नेबारे पनि छलफल भएको छ । साथै रावतान परिवारले आफ्नो संस्कार बारेमा पनि छलफल गरेका थिए । रावतान गोतियार परिवार हाल बिभिन्न ठाउँमा बसोबास गरेतापनि एक अर्का बिच आफ्नै गोतियारको धेरै जना संग चिनजान भएको थिएन  ।

 तर यस सम्मेलनले रावतान कठरिया परिवार बिच आपसी चिनजान भएको छ । हाल रावतान कठरिया परिवार कैलाली जिल्लाको कोटातुल्सीपुर, डहरबेरिया, चर्रा गाउँमा बसोबास गरी रहेका छन् । 
सम्मेलन कार्यक्रममा रावतान कठरिया परिवारका श्री जनक बहादुर कठरिया ज्यु र श्री बिष्णु प्रसाद कठरिया ज्यु को पहलमा प्रथम रावतान कठरिया गोतियार सम्मेलन कार्यक्रम भएको छ । उक्त कार्यक्रममा श्री बिष्णु प्रसाद कठरिया ज्यु ले कार्यक्रम संचालन तथा सहजिकरण गर्नु भएको थियो ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu