कैलाली:= टीकापुरमा हुने थरुहट थारुवान राष्ट्रिय सम्मेलनको तयारी पुरा भएको छ ।
बुधबार धनगढीमा पत्रकार सम्मेलन मार्फत यहि भदौं ७, ८ र ९ गते हुने थरुहट थारुवान राष्ट्रिय सम्मेलनको आवश्यक तयारी पुरा भएको जनाइएको छ । थरुहट नेता लक्ष्मण थारु सम्मेलनको आवश्यक सम्पूर्ण तयारी पुरा भएको बताए । पत्रकार सम्मेलनमा नेता थारुले सद्भाव, शान्तिका लागि सम्मेलन गर्न लागिएको बताए ।

‘जहाँसम्म सद्भाव र शान्तिको कुरा छ,’ नेता थारुले भने–‘सद्भाव, शान्ति टीकापुरलाई पनि चाहिएको छ, देशलाई पनि चाहिएको छ ।’
‘सद्भाव र शान्तिका लागि यस्तो सम्मेलन पहिलै गर्नु पर्ने थियो, त्यो गर्न नसकेको हामी अनुभुत गछौं । त्यस कारण शान्ति सद्भाव कायम गर्नका लागि यो सम्मेलन गर्दैछौ’, नेता थारुले भने ।
यता सम्मेलनको सत्तापक्षीय थारु नेताहरुले विरोध गरेका छन् । तत्कालीन माओवादीको थारुवान राष्ट्रिय मुक्ति मोर्चा र तत्कालीन एमालेको नेपाल लोकतान्त्रिक थारु संघले संयुक्त विज्ञप्ती जारी गर्दै सम्मेलनको विरोध गरेका हुन् ।

मोर्चाबाट कैलाली सचिव प्रेमबहादुर डंगौरा र संघबाट टीकापुर अध्यक्ष भागिराम चौधरीद्वारा हस्ताक्षरित विज्ञप्तीमा सम्मेलनको राजनीतिक उद्देश्य स्पष्ट नभएको र आधिकारिक संस्थागत आयोजक नरहेको दाबी गरिएको छ । भदौ ७ गतेको मिति तय गरेर दुःखद घटनाको झल्को दिलाउन खोजेको आरोप पनि विज्ञप्तीमा उल्लेख छ ।
उनीहरुले यस सम्मेलनमा आफ्ना केही नेताहरुको नाम राखेको भन्दै गम्भीर ध्यानाकर्षणसमेत जनाइएको छ । यसै विज्ञप्तीमार्फत् बालकृष्ण थारु, लालबिर चौधरी, सन्तोष चौधरी, रुपलाल चौधरी, एन्जल चौधरी, गोपाल चौधरी, कृष्ण चौधरी, प्रतिक्षा चौधरी, जयप्रकाश दहित र केशवलाल चौधरीको संलग्ता नरहेको प्रष्ट पारेका छन् । स्रोतका अनुसार माथिल्लो तहबाट निर्देशन आएपछि कार्यक्रम तयारीमा जुटिसकेका यी नेता कार्यकर्ताहरुले विज्ञप्ती निकाल्न बाध्य भएका हुन्।
यस सम्बन्धमा तत्कालीन थारुवान राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष सन्तकुमार थारुसँग सम्पर्क गर्न खोज्दा उनीसँग सम्पर्क हुन सकेन । तर दाङका प्रदेश सांसद एवं थारुवान मुक्ति मोर्चाका नेता इन्द्रजीत थारुले टीकापुर सम्मेलनको खुलेरै विरोध गरेका छन् । उनले टीकापुर सम्मेलनलाई भ्रमपूर्ण सम्मेलनको संज्ञा दिँदै यसको कुनै सैद्धान्तिक आधार नरहेको बताएका छन् । फेसबुकमा उनले यो कार्यक्रमलाई थारुहरुको साझा कार्यक्रम बनाउन नसकिएको आरोपसमेत लगाए ।
यता थरुहट थारुवान राष्ट्रिय सम्मेलनका संयोजक मीनराज चौधरी लोकतान्त्रिक राष्ट्रमा सबैले आफ्नाो विचार ब्यक्त गर्न पाउने बताए । टीकापुरमा आयोजित पत्रकार सम्मेलनमा उनले कार्यक्रम कुनै पार्टी वा ब्यक्तिको नभएर सबै संघसंस्था, पार्टीका नेता र आम थारुहरुको समर्थनमा भइरहेको बताए । ‘नेकपाका साथीहरुलाई विरोध गर्ने पूरा अधिकार हो । हामीले सक्नुहुन्छ सहयोग गर्नुस्, सक्नुहुन्न मौन बस्नुस् भनेर आग्रह गरेको थिएँ । तर उहाँहरुले विज्ञप्ती निकालेरै कार्यक्रमबारे भ्रम फैलाउने काम गर्नुभएको छ,’ संयोजक चौधरीले भने ।
उनले आफूहरुले प्रचण्डलाई प्रमुख अतिथिको लागि लबिङ गरेको र उहाँ आउन तयारसमेत रहेको बेला थारुवान राष्ट्रिय मुक्ति मोर्चाकै केही नेताहरुले प्रचण्डलाई कार्यक्रममा आउन रोकेको आरोप लगाए ।

‘सबैको सहभागिता होस् भनेर हामीले सबै पार्टीका नेता, जनप्रतिनिधि, संघसंस्थाका व्यक्तिहरुलाई निमन्त्रणा गरेका छौं । तर सत्तापक्षीय थारु साथीहरु सहयोगको साटो विरोधमा उत्रिनुभएको छ,’ उनले भने, ‘कार्यक्रमको तयारी पूर्रणरुपमा भइसकेकाले उहाँहरुलाई पनि सहयोग गर्न आह्वान गरे ।’
त्यस्तै थरुहट नेता लक्ष्मण थारुले कसैको अर्नगल प्रचारले कार्यक्रम नबिथोलिने जानकारी गराए । उनले सम्मेलनको सबै तयारी भइसकेको र प्रहरी प्रशासन र आम टीकापुरबासीले सम्मेलनलाई सफल पार्न आफ्नो भूमिका निर्वाह गर्ने आश्वासन दिएको बताए । ‘कसैको अर्नगल प्रचार वा विरोधले कार्यक्रम बिथोलिँदैन, न स्थगित नै हुन्छ । कार्यक्रम सोही मितिमै हुन्छ,’ उनले भने, ‘आम थारुहरुलाई भ्रममा नपरी सम्मेलनमा सहभागी भएर सफल पार्न आह्वान गर्दछु ।’