टिकापुर सम्मेलनको तयारी पूरा / बाबुराम सहितको नेताहरुको आगमन हुँदै

Saturday, 24 August 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
थारुवान ड्टकम,,
कैलाली := शनिबारदेखि हुन गइरहेको तीन दिने थरुहट थारुवान राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको छ। शनिबार बिहान १२ बजेदेखि उद्‍घाटन सत्र सुरु हुने आयोजकले जनाएको छ। कार्यक्रम टीकापुरस्थित सिटी हलको प्रांगनमा हुनेछ।
कार्यक्रममा सहभागी हुन देशैभरिबाट थारुहरु आउने क्रम जारी छ। शुक्रबार साँझसम्म करिब पाँच सय अतिथिको आगमन भइसकेको आयोजकले जनाएको छ। उद्‍घान सत्रमा बाहिरी जिल्लाबाट करिब तीन हजार र स्थानीय गरी दस हजार बढीको सहभागिता रहने बताइएको छ।
कार्यक्रममा सहभागी हुन पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई बर्दिया आइपुगेका छन्। ठाकुरद्वारामा राति बिताएर भट्टराई राजापुर हुँदै कार्यक्रम स्थल आइपुग्नेछन्। त्यस्तै वरिष्ठ पत्रकार किशोर नेपाल, विश्लेकषक तथा लेखक खगेन्द्र संग्रौला, युग पाठक, रिसर्चर भास्कर गौतम टीकापुर आइपुगेका छन्।
त्यस्तै थारु नेता राजकुमार लेखी पनि टीकापुर आइपुगेका छन्। शनिबार बिहान नेपाली कांग्रेसका नेता सुरेन्द्र चाैधरी, राजपा नेता लक्ष्मणलाल कर्ण र आइपुग्नेछन्। त्यसका अलवा स्थानीय नेताहरुको उपस्थिति रहनेछन्।
कार्यक्रमलाई लिएर प्रशासनले टीकापुको सुरक्षा व्यवस्था कडा पारेको छ। इलाका प्रहरी कार्यालयका डिएसपी मनोहर प्रसाद भट्टका अनुसार तीन हजार प्रहरी परिचालित छन्। शुक्रबारदेखि टीकापुरमा मदिवा सेवन र बिक्री वितरणमा रोक लगाइएको छ। सौहार्दपूर्ण वातावरणमा कार्यक्रम सम्पन्न गर्न प्रहरी दिनरात खट्ने डिएसपी भट्टले जानकारी दिए।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu