मलेसियामा तिज विशेष कार्यक्रम-2019 भब्य सम्पन्न/खेलाडी,कलाकार सम्मानित ।

Monday, 19 August 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
हमार सनेश ड्टकम,,
क्वालालम्पुर (मलेसिया):= नेपाली कलाकार संघ मलेसियाद्वारा आयोजित तिज विशेष कार्यक्रम-2019  आईतवार भब्यताको साथ सम्पन्न भएको छ ।

संघका अध्यक्ष बिनोद बाबू केसिको सभापतित्व र समाजसेवी,ब्यवासायी तथा कलाकार फुर्वा दोर्जे मोक्तान तामाङको प्रमुख आतिथ्यता तथा सेतेरियो कराते संघ मलेसियाका अध्यक्ष योगेन्द्र कोईरालाको विशेष आतिथ्यता रहेको उक्त तिज विशेष कार्यक्रममा नेपाली महिलाहरुको उल्लेखनीय सहभागीता रहेको थियो ।
रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत नेपाली पुरुष तथा महिलाहरु जमघट भैई नेपाली हिन्दू नारीहरुको महान चाड तिजमा आईतवार निराहार व्रत बसि महिलाहरुले रमाइलो नाचगान गर्दै मनाए ।



[फोटो :- कृष्ण गुप्ता]





नेपाली कलाकार संघमा आबद्ध स्थानीय कलाकारहरुको बेजोड प्रस्तुतिले तिजको बातावरण झन गुञ्जायमान,मनोरञ्जनात्मक बनेको थियो ।कार्यक्रममा तेक्वान्दोका खेलाडी सोनाम नोर्बु तामाङलाई खादा,दोसल्ला ओढाई सम्मानपत्र प्रदान गरेर सम्मान गर्नुको साथै उत्कृष्ट नृत्य देखाउन सफल डान्सर निसा राहु र गायन तर्फ मोहन बिसिले अवार्ड समेत प्राप्त गर्नु भयो भने संघमा आबद्ध सम्पुर्ण कलाकारलाई सम्मानपत्र प्रदान गरिएको थियो ।

अमिर लोप्चन तामाङ र डम्बर विश्वकर्माले सञ्चालन गरेको उक्त कार्यक्रममा मलेसियामा रहेका समाजिक संघसंस्था नेपाल आदिवासी जनजाती राष्ट्रिय समन्वय समिती मलेसियाका महासचिव सबिन लोप्चन तामाङ,नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज)शाखा मलेसियाका सचीव आरएन चौधरी थारु (घनश्याम),नेपाल् मगरसंघका प्रतिनिधि योग मगर,नेपाल तामाङ घेदुङका अध्यक्ष राजेन्द्र वाईबा तामाङ लगायत समाजिक , राजनितीक संघसंस्थाको प्रतिनिधि,पत्रकार,नेपाली ब्यवसायीहरुको समेत उल्लेखनीय सहभागीता रहेको थियो ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu