१३ औं सागका रेफ्री चौधरीका दुई छोरीले जिते पदक/स-परिवार नै खेलकुदमा!

Monday, 9 December 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
दीनानाथ बराल,,
हरेक खेलाडी सँगै खेलाडीका अभिभावकको सपना हुन्छ राष्ट्रिय तथा अन्तराष्ट्रिय पदक प्राप्त होस् । तर नेपालमा खेलाडीहरुले झेल्नुपरेको समस्याका कारण जो कोहिले आफ्ना सन्ततिलाई खेल क्षेत्रमा लागिपर्न प्रेरित गर्दैनन् ।

खेलकुदलाई भित्रैबाट प्रेम गर्ने परिवारले मात्र आफ्ना पुस्तालाई पनि सोही बाटो तर्फ अवलम्बन गराएको हुन्छ । त्यसमाथि विरलै एकाघर परिवारका सदस्यहरु खेल क्षेत्रमा लाग्ने गर्दछन् । जारी १३ औं सागमा पोखरामा त्यस्तै एकाघरका तीन सदस्य सहभागि भएका छन् ।

१३ औं सागमा धनगढीका बिष्णु प्रसाद चौधरी आफु रेफ्रिको भुमिकामा पोखरा आए भने उनका दुई छोरी २ फरक खेलमा प्रतिस्पर्धामा उत्रिए । प्रतिस्पर्धामा उत्रिएका चौधरीका दुई छोरीले पदक समेत हात पारे । उनका दुई छोरी मध्ये नेविका चौधरीले बिच-भलिवलमा कास्य पदक हात पार्न सफल भईन भने संगिता चौधरीले महिला ह्याण्डवमा रजत पदक प्राप्त गर्न सफल भएकी छन्।

आफ्ना दुई छोरीले पदक हात पार्दा उनी निकै हर्सित भएका छन्। १३ औं सागमा सहभागि भएसंगै पदक हात पारेकोमा थप उत्साहित हुदै बाबु बिष्णु खेलकुद क्षेत्रमा गरेको लगानीको प्रतिफल विस्तारै आउने बताए ।

३ छोरी एक छोराका बाबु बिष्णु विगत ३ दशकदेखि खेलकुद क्षेत्रमा निरन्तर लाग्दै आएका छन् । विरेन्द्र सिंह खेलकुदबाट खेल क्षेत्रमा प्रबेश गरेका उनले फुटवल र भलिवलबाट खेल जिवन शुरु गरेका हुन्। छोरीहरु संगिता चौधरी महिला ह्याण्डवलमा नेविका चौधरी बिच भलिवलमा सहभागि हुँदै आएका छन्। बिष्णु भने बिच भलिवलको रेफ्रिको रुपमा जिम्मेवार बहन गर्न पोखरा आएका हुन्।
२० बर्ष राष्ट्रिय खेलाडीको रुपमा खेलकुदमा लागेका बिष्णु २०५४ साल देखि नेपाल बिद्युत प्राधिकरणमा चौथो तहमा प्राविधिक फोरमेनको रुपमा कार्यरत छन्। बिशेष खेलकुद हुँदा बिदा लिने गरेको बताएका उनले कहिलेकाहीँ खेलकुद र सरकारी जागिरे कमैचारीको भुमिका निर्वाह गर्न निकै कठिन हुने, कामको तालमेल मिलाउन गारो पर्ने गरेको उनले गुनासो गरे ।

खेलकुदमा लागेकै कारण बिद्युतमा रोजगारको अवसर प्राप्त भएको बताएका बिष्णुले आफुले चाहेजस्तो खेलाडी उत्पादन गर्नेगरी भलिवल प्रशिक्षकको अवसर नमिलेकोमा गुनासो व्यक्त गरे । उनले भने “राष्ट्रको नाममा म मात्र किन मेरो परिवारले पनि केही गर्न सक्छ भन्ने सन्देश दिन पनि मैले सानै उमेरदेखि मेरा छोरा, छोरीलाई खेलकुद तर्फ आकर्षित गरेको छु, खेलकुदले हामीलाई मान सम्मान सहित व्यवसायीक रुपमा पनि राम्रो हुदै आएको छ । ” राज्यले खेलाडीहरुलाई गर्नुपर्ने लगानी अझै कम गरेको उनको गुनासो थियो । उनी सँगै छोरी २०६२ मा राष्ट्रिय गेममा सहभागि भएका थिए ।

स-परिवार नै खेलकुदमा : 

धेरै खेलाडी उत्पादन गर्न पाएकोमा आफु निकै हर्शित भएको बिष्णु बताउछन्। नेविका र संगिता हाल शसस्त्र प्रहरी वलको एपिएफमा आबद्ध छन्। बिष्णुका छोरा आर्टिस चौधरी भलिवल र अर्की छोरी संगम चौधरी वक्सिङका राष्ट्रिय खेलाडी हुन्। धर्मपत्नी बिहारी देबी चौधरीले समेत ब्याडमिन्टन खेल्ने गरेको बिष्णुकी बताउछन् ।

खेलाडी राष्ट्रका गहना भएकोले युवा पुस्तालाई खेल क्षेत्रमा लाग्न उनले आव्हान समेत गरेका छन्। २०६२ सालदेखि राष्ट्रिय महिला भलिवल खेलमा लागेकी नेविकाका श्रीमान चन्दन कुमार सरदार पनि खेल क्षेत्रसंग सम्बन्धित छन्। उनले एपिएफका खेलाडीलाई गोलरक्षको प्रशिक्षण गराउने गरेको नेविकाले बताइन्।
साभार: पोखरा न्यूज
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu