सोनवागढको अवलोकनमा सांसद विडारीको टोली ।।

Friday, 6 December 20190 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
राम अवतार चौधरी,,
कपिलवस्तु:= कपिलवस्तु जिल्लाको पश्चिमी क्षेत्रमा रहेको शिवराज नगरपालिका–३, मा अवस्थित सोनवागढको अवलोकन गर्दै सभापति राम नारायण विडारीले जिल्लाको पर्यटकिय तथा धार्मिक क्षेत्रको थलो रहेको जनाए ।  

राष्ट्रिय सभा प्रत्याजित व्यवस्थापन तथा सरकारी आश्वासन समितीका सभापति विडारी सहितको टोलीले कपिलवस्तु जिल्लाका ऐतिहासिक क्षेत्रहरुको बुधबार अवलोकन गरेको छ । गौतम बुद्धले २९ बर्ष बिताएको राज्य कपिलवस्तुको तिलौराकोट दरबार रहेको भन्दै यस आपसासमा थुप्रै वुद्ध सँग सम्वन्धित स्थलहरुको रहेको जिकिर समेत बिडारीले गरे ।

सोनवागढ धार्मिक तथा पर्यटकिय हिसाबले पर्यटकको गन्तव्य बनाउन सकिने भन्दै यसको प्रचार प्रसार र संरक्षणमा लाग्न प्रदेश र स्थानिय सरकारको ध्यानर्कषण गराए । प्रत्याजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले विभिन्न स्थानहरुको अवलोकन गरिरहेको जनाउदै महत्वपर्ण स्थलहरुको पहिचान गरि सरकारको ध्यानर्कषण गराउने विडारीले जनाए । 

त्यस्तै प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले सोनवागढमा पहिलो चरणको उत्खनन सकिएको र पुनः उत्खननलाई निरन्तरता दिनुपर्ने बताए । सांसद केसीले जिल्लामा रहेको पर्यटकिय स्थललाई संरक्षण गर्ने दायित्व सबैको रहेको भन्दै यसमा केन्द्र सरकारले पनि ध्यान दिनुपर्ने जनाए ।

तिलौराकोटको उत्खननमा भेटिएका एतिहासिक वस्तु सँग सोनवागढमा भेटिएको वस्तु मेल खाएको हुँदा यस क्षेत्रलाई पनि प्राथमिकता दिनुपर्ने बताए । शिवराज नगरपालिका वडा नं.३ मा पर्ने सोनवागढ क्षेत्रमा पुग्न सहज बाटो र संरक्षणमा नगरपालिकाले योजनमा राखेको शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीले जनाएका छन् । त्यस्तै उक्त समितिले तिलौराकोट क्षेत्रको पनि अनुगमन गरेको छ । अवलोकन गर्दै दरबार क्षेत्र भित्र रहेको ऐतिहासिक अवशेषहरुको बारेमा सभापती विडारीले जानकारी लिएका हुन् ।

समितीले यस्तै ऐतिहासीक तथा महत्वपुर्ण क्षेत्रको सरकारले गरेको संरक्षणको निगरानी गर्ने गरेको विडारीले जानकारी दिनुभयो । तिलौराकोट क्षेत्र राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा  महत्वपुर्ण रहेको हुदा यसलाई संरक्षणको लागी विशेष पहल गरिने विडारीले बताए । समितीका सदस्य बलराम बास्कोटा, नरपति लुवार, सह–सचिव सुर्दशन खडका सहितको टोलीले अवलोकन भ्रमण गरेको जगतमान केसीले जानकारी गराए ।
Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu