साहित्यकार मुना चौधरीको उपन्यास "दुलारी" काठ्मान्डुको प्रज्ञा-प्रतिस्ठानमा एक समारोहका बीच लेखक नयनराज पाण्डे र शान्ति, द्वन्द्ध र विकासकी अध्येता प्रियंका कापरले सार्वजनीक गरेका छन्। चौधरीको यो दोस्रो उपन्यास हो। यसअघि उनको पौराणिक–ऐतिहासिक तथा मिथिला क्षेत्रका साँस्कृतिक, सामाजिक र राजनीतिक अवश्थाको झलक दिने जयवर्धन सलहेश उपन्यास प्रकाशित भएको छ।
उपन्यास माथि बोल्दै लेखक पाण्डेले तराई-मधेश आफ्नो पनि लेखनको बिषय भएता पनि मुना चौधरीले जति मिहिन ढंगले आफूले समेत लेख्न नसकेको बताए। लु र उलार कृतिका लेखक पाण्डेले मधेशी दलित महिलालाई केन्द्रमा राखेर लेखिएको दुलारी बाहेकको कृति अहिलेसम्म नपढेको बताए। राष्ट्रिय गानले सयौं थुँगा फुलका माला नेपाली भनेर अनेकता भित्र एकताको महिमा मण्डन गरे पनि सिमान्तकृत समुदायका संघर्ष, कथा, व्यथालाई मुना चौधरी जस्ता लेखकले उजागर गर्ने गरेको बताए अतिथी नतनराज पाण्डेले बताए।
अर्की वक्ता कापरले दुलारी उपन्यासले मुसहर समुदायका बारेमा पाठकलाई थप खोज्न बाध्य बनाउने उल्लेख गरिन्। छुवाछुत जस्ता सामाजिक कुरुती र अपराधलाई ठाडै गर्नहुन्न नभनी उपन्यासकी मुलपात्र दुलारीले गरेका प्रश्नले पाठकलाई झक्झकाउने विश्वास व्यक्त गरिन्। मानव सुचांकमा पुछारतिर रहेको मुसहर समुदायलाई यो उपन्यासले बहसको केन्द्रमा तान्ने उनले बताइन्।
लेखक चौधरीले आफ्नो लेखन यात्राको बारेमा चर्चा गर्दै मुसहर समुदायको दुख आफूले सानैदेखि देखेका हुनाले उनीहरुका कथा लेख्न सहज भएको सुनाइन्। आफै लेख्न नसकेका समुदायको कथा लेख्नु लेखकको जिम्मेबारी भएको उनको कथन थियो।
२९० पृष्ठकाे उपन्यासकाे मूल्य रु ३९५ रहेकाे छ, सो पुस्तक सांग्रिला बुक्सले प्रकासन गरेको हो।