जय हो थारु जय हो दारु
किन गायो हाम्रो पुर्खाले फाल्तुको यस्तो गित गजल?
के अब पनि हामी थारुहरु सुध्रिदैनौ
र बन्न सक्दैनौ आफू राम्रो सजन?
थारु जातीको संस्कृति र रितीरिवाजको
नेपालमा आफ्नै छ बेग्लै सान,
फेरि पनि अहिले नयाँ पुस्ताको हामी थारुहरु
पुर्खाले गरेको गल्तीलाई दोहोर्याइ गर्दैछौ आफ्नै
जातीको,पहिचानको अपमान,,
जय हो थारु जय हो दारु
किन गायो हाम्रो पुर्खाले फाल्तुको यस्तो गित गजल?
हेर तिमीहरु आफू भनाउदा मान्छेहरु हो
सबै थारु समुदायको मान्छेहरु एउटै हुन्छ भनेर
कहिल्यै हेपेर नसोच,नबोल अनि नभन,,
थारु भनाउदा नेता तथा अगुवाहरु
खाएर बस्छ्न आफू आबद्ध पार्टीको डलर अनि भारु,
त्यस्तो नेताहरुको पता साफ गर्न
एक जुट होउ अब सबै युवाहरु अनि हामी थारु,,
जय हो थारु जय हो दारु
किन गायो हाम्रो पुर्खाले फाल्तुको यस्तो गित गजल?
थारु जातीमा सबै खराब छ्न भनेर
कहिल्यै हेपेर नबोल अनि नभन,,
जय हो थारु जय हो दारु जय हो हाम्रो पहिचान,
थारु जातीको कला संस्कृती,भेषभुषाको
नेपालमा आफ्नै छ छुटै आन,बान,सान।
लेखक:-प्रवासी थारु सेवा समाज मलेसियाको अध्यक्ष हुन/आर एन चौधरी थारु/जिल्ला:-बारा
