मिस्टर एन्ड मिस थारु दोस्रो संस्करणको अडिसन धनगढीबाट सुरु

Tuesday, 28 August 20180 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

हमार सनेश सहकर्मी ,,
काठमाडौं := मिस्टर एन्ड मिस थारुको दोस्रो संस्करण हुने भएको छ। काठमाडौंमा सोमबार पत्रकार सम्मेलन गर्दै आयोजक जह इन्टरटेनमेन्टले यो घोषणा गरेको हो।देशभरिका थारु युवा प्रतिभा र बौद्धिकतालाई प्रतिष्ठित गर्ने तथा थारु भाषा, कला, संस्कृति, भेषभुषा झल्किने यो प्रतियोगिताको अडिनस भदौ २२ देखि धनगढीबाट सुरु हुने आयोजकले जानकारी दियो।

मिस इन्टरनेशनल विजेता वर्षा लेखी सम्मिलित प्रतियोगितामा युवा-युवती उमेर १८ देखि २६ वर्ष तोकिएको छ। एसइई पास भएकाले यो प्रतियोगितामा भाग लिन पाउनेछन्। आयोजकका अनुसार धनगढी, बुटवल, चितवन, लहान , इटहरी र अन्तिम अडिसन काठमाडौंमा हुनेछ।

धनगढीको रुबस होटेलमा भदौ २२ गते, बुटवलको होटेल मलिनमा २४ गते, चितवनको रहिनो गेस्ट हाउसमा २५ गते, लहानको ओर्चिड केफेमा २७ गते, इटहरीमा २८ गते र अन्तिम अडिसन राजधानी काठमाडौंको होटेल ताजमा ३० गते हुने जह इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सुरेश चौधरीले जानकारी दिए।

उनका अनुसार अडिसनबाट ६० जना प्रतियोगीलाई छनौट गरिनेछ। उनीहरुलाई इभेन्ट समबन्धि तालिम, मोडलिङ, थारु कला संस्कृति, भेषभुषा, भाषा, पौराणिक तथा एतिहासिक लोपउन्मुख बस्तु, लोक संस्कृति र नृत्यबारे जानकारी एवं क्षमता अभिवृद्धि गराइनेछ।
विजेताले नगद ७५००० का साथै दुई दिनका लागि कल्चर टुर पाउनेछ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu