जेष्ठ/९/मंगलबार/:-पहिचान माग्दा जातीयताको प्रसङ्ग कहाँबाट उठदैछ ? गाउँले जनता दमनमा छन त्यसैले कहिले माओवादीको त कहिले एमाले जस्ता राजनैतिक दलको मुख ताक्छन। मलायाको युद्ध लडेर नेपाली गोर्खालीको परिचय दिनेहरू अहिले बुढ्यौलिमा पहिचानको पर्खाइमा छन्। मुलबासि भुमिपुत्र मंगोलको पहिचान दिन नसक्नेभए पहिचान सहितको संघीयता दिन्छौं भनेर किन भन्यौ??पहिचान दिएर देश टुक्रीने होईन महासय? पहिचान त गौरव हो,हामी सबै नेपालीको गौरव ! हाम्रो लडाइँ पहिचानबादिहरुलाइ आतंककारीको बिल्ला भिराउने विरुद्ध पनि हो! हामिलाइ दमन गर्न दुर्ब्यसनी डनहरुको सहारा लिनुभनेको हाम्रो राज्य सत्ता कम्जोर छ भनेर प्रस्तुत हुनु मात्रै हो। हामी को संग लडाइँ गरौँ,वार्ताको माध्यमबाट राज्यसंग वा हामिलाइ दमन गर्ने दुर्ब्यसनी डन संग ??
हाम्रो मौनतालाइ कमजोरी सम्झिनु क्यान्सर पालेर स्वस्थ छुँ भन्नु मात्रै हो,हामीले गरिरहेको शान्तिपूर्ण आन्दोलनलाइ तपाईं बहिरो भएको नाटक गर्दै नसुने झैँ गरिरहनु भएको छ। के द्वन्द्व नै अन्तिम विकल्प हो त ? के हरेक उपलब्धिका लागि युद्ध नै गर्नुपर्छ त ?? यो कमजोरी को कारक को हो? दुईचार जना बिभिषणलाइ आफुतिर मिलाएर कलियुगमा पहिचानको मुद्दा लाइ निमट्टयान्न पार्छुँ भन्नु त हुट्टिट्याँउले आकाश थाम्छु भने जस्तै हो हजुर!!
पहिचान आत्मसम्मान हो। कर्णाली खसान सभ्यता पहिचानको हामीले कहिल्यै बिरोध गरेनौं र गर्दैनौं पनि। हामिले तपाईंको पहिचानलाइ सम्मान गरेपछी तपाईंले हाम्रो पहिचानलाइ अपमान गर्न मिल्छ?? पहिचानको अपमानबोध आमा मर्नुभन्दा बढी दुखदायी हुन्छ। आफ्नी आमा मर्दा मेरिआमा मात्रै मर्छिन तर पहिचान मर्दा करोडौंकि आमा मर्छिन। एउटि आमा मरेको पीडाले गुम्सिएको कुन्ठाले त समाजमा डढेलो लाग्छभने करोडौंको आमा मरेको चित्कार थाम्न सक्ने शक्ति कुन शासक संग छ?? हामीले राज्यसंग अधिकार मागिरहेका छौँ - भिख होइन।
