यती सार्हो नहेप मलाई गरीब छू माग्न परेको छैन
याद राख कुनैदिन म कमाउनेछु...अझ मरेको छैन
थाछ मलाई कोही महलमा बस्छन कोही दर्वारमा
झुपडिमा बस्छु म, कुनै सडकमा बस्ने गरेको छैन
धेरै सन्तुष्टछु म मेरो पसिनाको थोरै कमाईले पनी
हाराम को कमाई खाई कसैको नजमा झरेको छैन
तिमि मान्छे मपनि मान्छे हो कुनैबेला काम लाग्छ
घमण्डी धाक देखाउने सत्रु भनि आँख तरेको छैन
