मंगोल र बाहुनबादमा फरक के ?पढेर सेयर गर्नुहोस्

Wednesday, 26 July 20170 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

लेखक:-अनिस तामाङ,,
साउन/११/बुधबार/युएई,,
मंगोल मंगोल भनेर उफ्रिने मित्रहरु र अतिबादी बाहुन मित्रहरू एउटै हुन ! एमाले कांग्रेस भित्रको अतिबादी बाहुनहरु पिछडिएका समुदायको कुनै पनि अस्तित्वलाई सुइकार्दैन। अरु जातिको भाषा,धर्म,संस्कृतिलाई हेर्ने नजर बिल्कुल फरक छ। आफ्नो जातिले बोल्ने भाषा,मनाउने धर्म संस्कृति, लगाउने भेषभुषा देखि पाल्ने जनवार सम्ममा राष्ट्रियता देख्छन तर अरु जातिले त परापुर्वकाल देखि खाँदै आएको अहारालाई समेत राष्ट्रियको नाम दिएर बन्देज गर्न खोज्छन।

हो ठिक त्यस्तै मंगोल भन्ने मित्रहरुले बाहुनको त कुरै छोडौ आदिबासी जनजाति शब्द समेत सुइकार गर्दैन ! बाहुनको बोल्ने भाषा, मान्ने धर्म संस्कृति लगाउने भेषभुषा सबैलाई घृणा गर्छन। यतिसम्म कि बाहुन क्षेत्री कहाँको विदेशको, बाहुन लखेट्नु पर्छ भन्दै खुलेयाम नारा लगाउदै हिड्छन।

न त बाहुनबादीले अरुको अस्तित्व सुइकार गर्छ न त मंगोलले बाहुनको अस्तित्वलाई सुइकार गर्छ। यहाँ एकले अरुको अस्तित्वको सुइकार गर्दैन भने अतिबादी बाहुनहरु र मंगोलहरुमा फरक के ?? के लाखौं बाहुनहरु यो देशबाट लखेटेर नेपाल समृद्धि बन्छ? के लाखौं आदिबासी जनजातिलाई आफ्नो पहिचान र अस्तित्व विना दास बनाएर नि समृद्धि नेपाल सम्भव छ त? हैन भने हामीले एकअर्काको जाति, भाषा,धर्म संस्कृति, भेषभुषालाई किन सुइकार गर्न सक्दैन ?

बाहुनबादीहरु र मंगोल भनेर उफ्रिने साथीहरू कान खोलेर सुन्नुस यो देश सबैको हो सबैले बराबर बाच्ने अधिकार छ, कसैलाई लखेटेर कसैको अस्तित्वलाई बन्दी बनाएर बुद्ध जन्मेको यो भुमीमा शान्ति आउदैन। हेक्का होस, हामी एक तानाशाही हटाएर अर्को तानाशाही स्थापना गर्ने बाटोमा छैन। सबैले सबै जातिको भाषा,धर्म संस्कृति, रितिरिवाज,भेषभुषा, पहिचान, अधिकार र अस्तित्वलाई सुइकार नगरे सम्म यो देश समृद्धि बन्ने वाला छैन।

मंगोल र अतिबादी बाहुनहरुको चिन्तनले त यहाँ केही वर्ष बाहुनहरुको शाषण रहन्छ, फेरी मंगोलहरुले शाषण गर्छ फेरी  अरु कुनै शक्तिसाली वंश आएर शाषन गर्ने यो देश लुट्ने देश खोक्रो बनाउने बाहेक अरु केही लछारपछार्दैन। त्यसैले तानाशाही शाषाणलाई स्थापना गर्ने बाटोमा कोही नलागौ । यो देश बाहुन, क्षेत्री,थारु, तामाङ,गुरुङ,राई,लिम्बू , मगर, शेर्पा कामी,पोडे, च्यामे, सार्की, धिमाल,मधेसी,राउटे आदि सबैको हो !   सबैले सबैको पहिचान र अस्तित्वलाई सुइकार गरौँ समृद्धि नेपाल बनाउ ।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu