गजल
उपहार हो भनी आशु दियौ अचम्म लाग्छ
अलि-अलि गर्दै खुसी लियौ अचम्म लाग्छ
हो म तिमीलाई माया गर्दिन भनेर भन्थ्यौ
दुख पाउदा मलाई सम्झियौ अचम्म लाग्छ
अरे संसारका खुसी दिन्छ भन्थ्यौ उसले
उसैको हात बाट लखेटियौ अचम्म लाग्छ
अझै मैले बिर्सेको थिएन भन्दा भन्दै पनि
हो मलाई नभेटी बिष पियौ अचम्म लाग्छ
संसार छोडी जाने मान्छे आज एक्कासि
मेरै नजिक बाट देखियौ अचम्म लाग्छ
vai : sms inbox
Sunita kusumiya
