टीकापुर घटनाको चिरफारबाट रेशम चौधरीको बयान : यसकारण प्रचण्ड भेट्न म दिल्ली पुगेँ

Thursday, 13 July 20170 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

प्रहरीले टीकापुर घटनाका मुख्य अभियुक्त भनिएका टीकापुर निवासी रेशम चौधरीले ‘टीकापुर घटनाको चिरफार’ पुस्तक बजारमा ल्याएका छन्। उनले टीकापुरको परिवेश, त्यहाँको राजनीतिक-समाजिक उतारचढाव र २०७२ भदौ ७ गतेको घटनाबारे उनले किताबमा लेखेका छन्।

४०२ पृष्ठको किताबमा उनले दुई वर्ष निर्वासन जीवन बिताउनुपरेको पीडा पनि उल्लेख गरेका छन्। जसमध्ये एउटा दिल्लीमा तत्काली प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डलाई भेटेको प्रसंग उल्लेख छ। उनले प्रचण्डसँग भेट्ने अठोट लिएर लखिमपुरबाट दिल्ली आएको किताबमा उल्लेख गरेका छन्। तर भेट्ने कुनै योजना नरहेकोसमेत उनले किताबमा लेखेका छन्। उनले प्रचण्डसँग भेट नभएपनि आफ्ना साथी योगेन्द्र चौधरीसँग त भेट भइएला भन्दै उत्तर प्रदेशको लखिमुरबाट दिल्ली गएको किताबमा लेखिएको छ।

नेपालको राष्ट्रिय दैनिक अन्नपूर्ण पोष्टले पहिलो पृष्ठमै दिल्लीमा प्रधानमन्त्री र टीकापुर घटनाका अभियुक्त रेशम चौधरीको भेट शीर्षक ब्यानर समाचार प्रकाशित गरेको थियो। समाचार प्रकाशनमा आएपछि प्रचण्डको चर्को आलोचना भएको थियो।

रेशम चौधरीले प्रचण्डसँग किन भेटे शीर्षकको च्याप्टर किताबमा उल्लेख गरेका छन्। उनले आफूले प्रचण्डलाई भेटेको स्वीकार गर्दै जम्मा दुईचार शब्द कुराकानी भएको उल्लेख गरेका छन्।
प्रचण्डसँगको वार्तालाप किताबमा उनले यसरी प्रस्तुत गरेका छन्-
– के छ तपाइँको हालखबर?
– मैले ठीकै छ भनेर मुन्टो हल्लाएँ।
– तपाइँ त्यो घटनामा त हुनुहुन्न?
– थिइनँ, म बर्दिया थिएँ।
– ए त्यसो भए ठीक छ। अब यो एक हप्ताजति लाग्छ। सबै ठीक हुन्छ। बडो मुस्कान छाड्दै प्रधानमन्त्रीजीले भन्नुभयो। मैले आफू निर्दोष भएकोले न्याय पाउनुपर्छ भने।

उनले प्रधानमन्त्री प्रचण्डसँग सबाल जवाफ यतिमात्र भएको उल्लेख गरेका छन्।

उसो भए प्रचण्डसँग वार्तालाप भएको तस्बिर खसले किन खिचे? किताबमा रेशम चौधरीले लेखेका छन्। प्रधानमन्त्रीसँग बसेको तस्बिर कान्तिपुर टेलिभिजनका श्याम श्रेष्डले खिचेका रहेछन्। प्रकाश दाहालले विश्वास गर्ने भएर आफूले खिच्न पाएको श्याम श्रेष्ठले रेशम चौधरीलाई बताएका छन्। तर श्यामले रेशम चौधरी नै भनेर तस्बिर चैं नखिचेको किताबमा उल्लेख छ। पछि चिनजानको क्रममा मात्र रेशम चौधरी भएको उनले थाहा पाएका थिए।

उसो भए अन्नपूर्णपोष्टमा तस्बिर कसरी छापियो? उक्त रात श्याम श्रेष्ठ र अन्नपूर्णका यम विरही सँगै भएका बेला रेशम चौधरीसँग भेटबारे कुराकानी भएको रहेछ। यम विरहीले रेशमलाई सहयोग गर्नुपर्छ भन्दै तस्बिर लिएको किताबमा उल्लेख छ। तर किताब अन्नपूर्ण छापेपछि कान्तिपुरका श्याम श्रेष्ठको जागिर नै धरापमा परेको किताबमा उल्लेख छ।

‘मेरो पनि जागिर धरापमा छ। मलाई पनि भुषण दाहालले स्पष्टीकरण सोधेको छ। कान्तिपुरको क्यामेरामेनले किन अन्नपूर्ण पोष्टलाई फोटो उपलब्ध गरायो भनेर? यमले समाचार लेखेर सम्पादकको टेबुलमा छोडेछ। सानो समाचार होला भनेको त बेलुकी युवराज घिमिरेले त्यसलाई प्रमुख समाचार बनाएर छापिदिएछ। सानोतिनो रिपोर्टर भए त हुन्थ्यो, प्रधानसम्पादकको अगाडि उसको केही पनि लागेन रेशमजी,’ किताबमा रेशमले उल्लेख गरेका छन्।

श्रोत :- थारुवांन डटकम  बाट हूबहू साभार गरिएको

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu