थारुके आवाजबाट आगलागी पिडितलाई राहत सामाग्री बितरण

Saturday, 5 August 20170 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

एल एन गच्छदार,
साउन/२१/शनिबार/मोरङ:=मोरङको सुन्दरहरैंचा-२,जोगियारेका आगलागी पिडित हेमनारायण चौधरिको परिवारले राहत सामाग्री पाएका छन। थारुके  अवाज नामक एक समाजिक संस्थाले हिजो चौधरिको घरमा एक कार्यक्रम गरि राहत समाग्री बितरण गरिएको थियो। सो राहत समाग्री सुन्दरहरैंचा नगरपालिकाका नगर सदस्य तथा समाजसेवि रामलाल गच्छदार र संस्थाकी उपाध्यक्ष संगिता चौधरिको संयुक्त हातबाट चौधरी र चौधरीकि श्रीमती र  छोरालाई हस्तान्तरण गरिएको थियो।

राहत समाग्रीमा खाद्यान्न ,लत्ताकपडा ,स्टेसनरी समान,  झुल, एक थान त्रिपाल , सुत्ने डसना आदि बितरण गरेको थियो।
राहत समाग्री पाउँदा चौधरी परिवार खुसि ब्यक्त गर्नुभयो भने , स्थानिय निकायमा निवेदन सहित जानकारी गराउंदा चासो नदिएको गुनासो पनि ब्यक्त गर्नु भयो भने इलाका प्रहरी कार्यालय हरैंचामा निवेदन दिदाँ पनि अहिले समपनि ३ दिन बितिसक्यो केही सुनुवाई नभएको दुखेसो पनि पोख्नु भयो ।

सो कार्यक्रममा सुन्दरहरैंचाका नगर सदस्य रामलाल गच्छदारले थारुके आवाजले गरेको राहत समाग्री बितरण कार्यक्रमको प्रंशसा गर्दै, सामाजिक काममा एक जुट हुन आवस्यक रहेको र एक आपसमा हातेमालो गरि अगाडी बड्नु पर्ने धारणा ब्यक्त गर्दै संस्थाको प्रगतिको कामना समेत गर्नुभयो।

त्यसैगरी संस्थाकि उपाध्यक्ष संगिता चौधरिले थारु समाजमा हुने आकस्मिक घटनामा संस्थाले गर्न सक्ने सहयोग गर्ने तथा थारु समाजको आवाज सुन्ने कुरामा जोड दिनु भयो।
गत श्रावण १६ गते सो आगलागीको घटना बिधुत सर्टको कारणले भएको थियो। सो घटना अनलाई समाचारबाट जानकारी पाएपछि संस्थाका सचिव सुदाराम थन्दार भोलिपल्ट पीडितको घरमा क्षतिपूर्तिकोबारेमा जानकारी लिनुभयो र राहत बितरण कार्यक्रम अगाडी बढाउनु भयो।

उक्त राहत बितरण कार्यक्रममा  संस्थाको तर्फबाट १५ जना सदस्य , जोगियारेका समाजसेवी,साहित्यकार,बुद्धिजिवि लगायत महिला, पुरुषको बाक्लो उपस्थिति रहेको थियो।

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu