उमेर बाली ओठमा लाली , कस्तो सुहाएकि
राखी राकी सिउँदो खाली , कस्तो सुहाएकि !!
मिलका छन् दन्त लहर ,गालामा छ डिम्पल
मुहार भाकी अलि काली , कस्तो सुहाएकि !!
रोदी घरमा नाच्दै गाउँदै , सबलाई लठ्याएर
मस्कि मस्कि बजाई ताली , कस्तो सुहाएकि !!
ओठ टोक्दै मुस्कुराई , आँखा सन्काएर
मनकारी भाकी जाली , कस्तो सुहाएकि !!
ठ्याम्मै नजर के जुधेथ्यो , मानी सरम उस्ले
नजर झुकाई घुम्टो हाली , कस्तो सुहाएकि !!
यौबनले भरिएकी , उनको चुलबुल बानी
हाँस्न थाली गुलाब फाली , कस्तो सुहाएकि !!
उमेर बाली ओठमा लाली , कस्तो सुहाएकि
राखी राकी सिउँदो खाली , कस्तो सुहाएकि !!
मधु सुदन लुइँटेल
नागार्जुन नगर पालिका
वडा .न .११ ,भिमढुंगा,
काठमाडौँ