हमार सनेश ड्टकम,,
काठमाडौं := थारु बिधार्थी सभा पुल्चोक इकाई समितिको आयोजनामा भएको IOE/IOM MOTIVATIONAT TALK कार्यक्रममा थारु बिधार्थिहरुलाई अग्रज तथा सम्बन्धित क्षेत्रमा अध्यनरत बिधार्थीहरुले प्रशिक्षण दिईएको हो।
नेपाल इञ्जिनिएर एअसोसियन प्रदेश न २ को कोषाध्यक्ष श्याम चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा थारु बिधार्थी सभा केन्द्रिय संयोजक संजय चौधरी(थारु),नेपाल जनस्वास्थ्य संघका आशा चौधरी , थारु इञ्जिनिएर एअसोसियनका अधक्ष्य बिद्यानन्द चौधरी , थारु युवा अभियन्ता यम चौधरी लगायतले आफ्नो मन्तव्य राखेका थिए।पुर्व तथा अग्रज बिधार्थीहरुले इञ्जिनिएर तथा मेडिकलको लागि तयारि रहेका बिधार्थिहरुलाई प्रोत्साहन मन्तब्य दिनुका साथै प्रशिक्षण दिएका थिए। कार्यक्रममा बिधार्थीहरु सित छलफल तथा संवाद गरि थारु आरक्षणहरूबारे जानकारी दिईएको थियो।
पुल्चोक इकाई समितिले बिधार्थीहरुलाई इन्जिनियर तथा मेडिकलमा प्रवेस गर्न चाहने बिधार्थीहरुले सहयोग कक्ष संचालन गर्ने घोषणा गरेका छन्। थारु आरक्षण संरक्षणको लागि थारु बिधार्थी सभाले सधै संघर्ष गर्न तयार रहने बताउदै थारु बिधार्थी सभा केन्द्रिय संयोजक संजय चौधरीले यसको सदुपयोग गर्न थारु बिधार्थी हरुलाई आहवान गरेका थिए ।कार्यक्रममा चौधरीले जनसंख्या अनुसार समानुपातिक आंरक्षण माग गरेपनि बिश्वबिधालयहरुले त्यस अनुरुप अहिलेसम्म पनि आंरक्षण सिटको व्यस्था नगरेको आरोप लगाउनु भयो । पुल्चोक इञ्जिनियरिङ्ग क्याम्पसमा थारु बिधार्थीहरुको संख्या उच्च मात्रामा देख्न चाहेको प्रोफेसर रमेश चौधरीले बताउदै थारु बिधार्थिहरुलाई सहि तरिकाले मेहनत र लगाव बढाउँन हौसलाप्रदान गरेका थिए।
कार्यक्रममा थारु आरक्षण बारे पुल्चोक इकाई समितिको निवर्तमान अध्यक्ष विप्लप चौधरीले प्रष्ट पारेका थिए ! IOe (institute of engineering-TU)ले दिने आंरक्षण मध्ये थारु समुदायले १० % पाउने गरेको छ जसमा पुल्चोक क्याम्पसले ७ , थापाथली क्यापसमा १, पश्चिमान्चल क्याम्पस पोखरा १,पुर्वान्चल इञ्जिनियरिङ्ग क्यापस धरानले ३ ओटा थारु आंरक्षण इञ्जिनियरिङ्गको लागि रहेको छ । त्यसै गरि IOM (institute of medicinel) ले MBBS को लागि भने एउटा मात्र थारु आरक्षण सिट दिने गरेको छ्न भने उता MOE मा पनि MBBS को लागि थारु आंरक्षण सिट एउटा मात्र रहेको छ यदपि थारु आरक्षण सिट प्राप्त गर्नको लागी प्रक्रिया भने धेरै झन्झटिलो रहेको कार्यक्रममा सहभागीहरुले बताएका थिए ।