ब्यावसाय गरेरनै कलाकारितालाई अगाडी बढाउदैछु :- फुर्वा दोर्जे मोक्तान तामाङ ।

Friday, 4 October 20191तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}
नेपालीको लागी रोजगारीको निम्ति मलेसिया प्रमुख गन्तव्य मानिन्छ । मलेसियामा बसेर श्रम,ब्यवसाय,कलाकार,समाजसेवी,पत्रकार,समाजिक अभियान्ता,लगायतको क्षेत्रमा आवद्ध भैइ काम गरिरहेको नेपालीहरु संगको तितोमिठो काम,कुराकानीलाई जोड्ने कार्यक्रम " मलेसियामा रहेको नेपाली संग सवाल जवाफ् " को साथमा बिगत ३ बर्ष देखी समाजसेवा संगसंगै मलेसियामा रहेर सक्रिय रुपमा पत्रकारिता गर्दै आईरहेका नेपाली युवा घनश्याम चौधरी उर्फ (आरएन चौधरी थारु)ले बिगत लामो समयदेखी मलेसियामै बसोबास गरिरहेका एक सफल ब्यवसायी,कलाकार तथा समाजसेवी युवा फुर्वा दोर्जे मोक्तान तामाङ संग गरेको कुराकानी,दुई बिचको संम्बाद तल निम्न रुपले प्रस्तुत गरिएको छ।

    --------कलाकारिता / समाजसेवा सन्दर्भ -------

प्रश्न : छोटकरीमा तपाईंको परिचय बताईदिनुस न ? 
- मेरो नाम फुर्वा दोर्जे मोक्तान तामाङ हो । घर चाहिँ मकवानपुर जिल्ला बकैया गाउँपालिका वडा नम्बर दुई हाल चाहिँ रौतहट जिल्लामा बसोबास गर्छु ।
प्रश्न : मलेशिया बसाइ कति भयो?
- १० बर्ष बितेर ३,४ महिना बढी नै भयो ।
प्रश्न : कलाकार र व्यावसाय कुन मन पर्छ ? 
- ब्यवसायी संगसंगै कलाकारिता क्षेत्रमा जम्न आर्थिक अभाव हुने भएकोले मलाई दुईटै मन पर्छ ।
प्रश्न : समाजसेवी पनि भनेर तपाइको परिचय मलेशियामा स्थापित छ।कति जना लाई कसरी सहयोग गरिरहनु भएको छ?
- विशेष हामीले मलेसियामा रहेको जुन अबैधानिक कामदारहरु रहेको छ्न तिनिहरुलाई सक्दो प्राथमिकतामा राखेर घर फिर्ती हुन सहयोग गर्छौ ।बिरामी परेर थल्ला परेको लाई नेपाल् फर्किन सक्दो आर्थिक भौतिक सहयोग गर्दै आईरहेका छौ ।
प्रश्न : कलाकारिता क्षेत्रमा तपाइको प्रबेश कसरी भयो?र तपाइले अभिनय गर्नु भएको म्युजिक भिडियो आफै लाई राम्रो लागेको के के हुन?
- कलाकारिता क्षेत्रमा लाग्नु मेरो स्यानै देखीको सपना हो , अरु जस्तै पर्दामा आउने सोच थियो , र मैले खेलेको भिडियोहरु मध्य डान्सा बिटको रमाइलो गितहरु मात्रै नभएर , केही दु:ख पिडाका समस्याहरु देखाएको कथाहरुमा अभिनय गर्न मन पराउछु ।
प्रश्न : गित संगीत वा अभिनय सम्बन्धि कुनै प्रशिक्षण  लिनुभएको छ?
- प्रशिक्षण लिएको छैन , मलाई लाग्छ कलाकारिता क्षेत्रमा प्रशिक्षणको आवस्यकता पर्दैन , खासमा कलाकार क्षेत्रमा लाग्ने इच्छा हुनु पर्यो अटोमेटिक कलाकार भित्रको कला बाहिर निस्किन्छ ।अफुमा हौसला हुनु पर्यो ,इच्छा शक्ति हुनु पर्यो मज्जाले अभिनय गर्न सकिन्छ ।
प्रश्न : अभिनय गरे बापत कति पारिश्रमिक लिने गर्नु भएको छ?
- मैले धेरै भिडियोमा अभिनय गरे तर वास्तविक भन्नु पर्दा पारिक्ष्रमिक लिने गरेको छैन , बरु म आफ्नै लगानीमा खर्चमा मलेसिया , सिङ्गापुर लगायतको देशमा गएर भिडियो छायांकन गर्ने गरेको छु , कुनैबेला साथीहरुले सहयोग स्वरुप दिए लिने गरेको छु ।
प्रश्न : कलाकारितामा कलाकारहरुको भबिस्य कस्तो छ?
- यसमा तपाईंको पहिला चाहिँ आफ्नै पकेट बाट खर्च गर्नु पर्छ तर यहीँ क्षेत्रमा निरन्तरता दिए लगानी डुब्ने भबिष्य डुब्ने सम्भावना कम हुन्छ , भन्नाले सफलता नि प्राप्त गर्न सकिन्छ ।
प्रश्न : राष्ट्रिय स्तरका कलाकारहरुसङ्ग अभिनय गरेको कुनै एउटा भिडियोको नाम लिदा कुन लिनुहुन्छ?
- म सुन्दर लावती ज्यु को शब्दमा सजिएको " मेरो मनमा बस्ने " गित लाई सम्झिन चाहन्छु यसमा मैले अनु शाह संग चाहिँ अभिनय गरेको छु ।
प्रश्न : म्युजिक भिडियो खेल्दा,सुटिङ गर्दा सबैभन्दा  अप्ठ्यारो कति बेला लाग्छ?
- सुटिङ्को बेला घामले पोल्ने , हरेक किसिमको टल्किने बतिले गर्दा अनुहारमा पोल्ने गर्छ त्यहीँ नै बेला सबै भन्दा अप्ठ्यारो लाग्छ ।
प्रश्न : मोडेल भएर अभिनय गर्नु सानै देखिको इच्छा हो वा पछि जागेको चाहाना हो?
- खासमा कलाकारिता क्षेत्रमा मोडल भएर लागेर स्यानै देखीको इच्छा , चाहना दुईटै हुन ।
प्रश्न : नेपाली गित सङ्गीत क्षेत्रका मनपर्ने महिला वा पुरुषहरु कलाकारको नाम रोज्नु परे को को रजाईमा पर्छन?
- खासमा सबै कलाकारहरु मेरो लागी बराबर समान हुन तर फेबरेट भन्नु पर्दा मोडलमा पल शाह , आचल शर्मा, गायक,गायिकामा प्रमोद खरेल , मेलिना राई हुन ।
प्रश्न : कलाकार बन्न कस्तो-कस्तो गुणहरु चाहिन्छ?
गुण कै भन्नू पर्दा सर्बप्रथम कथाले जे माग्छ त्यहीँ दिन सक्नु पर्छ , अभिनयमा उतार्न सक्नु पर्छ ।
प्रश्न : तपाइका फ्यान्स फलोवरहरु लाई हाम्रो टेलिभिजन मार्फत के भन्न चाहानु हुन्छ?
- म आफ्नो फ्यानहरु लाई अनुरोध गर्छु कि हामी धेरै कठिनाई र दु:ख सहेर अभिनय गर्ने गर्छौ तर पनि कहिकतै कुनै किसिमको गल्ती भएकै हुन्छ त्यो गल्तीलाई स्यानो भुल सम्झेर माफ गर्नु हुनेछ भन्न चाहन्छु र आगामी दिनमा अझ राम्रो गर्ने कोशिस गर्नेछु।

        ----------व्यावसायिक सन्दर्भ-----------

प्रश्न : आफ्नो परिचय कसरी दिनुहुन्छ?व्यावसायिक वा कलाकार?
- म दुबै जोड्न चाहन्छु , किनभने ब्यवासाय गरेरनै कलाकारितालाई अगाडी बढाउदैछु ।
प्रश्न : मलेशियामा व्यावसाय गर्नै नेपाल बाट आउनु भएको हो?वा श्रमजीवी हुँदै ब्यावसायिक बन्नु भएको हो?
- खासमा म सुरुमा एउटा् श्रमिक बनेर काम गर्थे ,एउटा् चाईनिजको रेष्टुरेन्टमा खाना पकाउने काम गर्थे तर पछि नेपाल फर्केर पुनः यहाँ आएर केहि गरेर देखाउने अठोटका साथ लागेको हु ।
प्रश्न : मलेशियामा व्यावसाय गर्दा कस्ता समस्या र चुनौतीहरुको सामना गर्नु भयो?
- नियम र प्रक्रिया पुर्याएर काम गरे केही कठिनाई छैन तर कहिलेकाही साधारण उतारचढाव आईहाल्छ्न ।
प्रश्न : मलेशियामा रहेका नेपालि यहाका स्थानियहरुको नजरमा कम्पनीमा काम गर्ने हैसियतका मात्रै छन। भन्ने नजिर लाई यहाले कसरी बुझ्नु भएको छ?
- यो सबैमा लागू हुँदैन , आफुमा समेत भर पर्ने कुरा हुन , मलेसियाको सबै नागरिक एकनासको छैन उनिहरुको नेपालीहरु प्रती हेर्ने नजरिया नि फरक फरक छ्न ।तर नेपालीलाई प्राय नराम्रो मान्दैनन र इतिहासमा मलेसियालाई जोगाउनमा नेपाली गोर्खे आर्मीहरुको प्रमुख भुमिका समेत रहेकोले नेपालीलाई उच्च समान पनि दिने गर्दछन ।
प्रश्न : मलेशियाको साटो नेपालमै व्यावसाय गरेर बस्दा कसो होला?तपाईको योजना के छ?
- अब नेपालमा के छ्न भने एकअर्का प्रति बिश्वास गर्न सक्दैनन , जताततै फ़ेरि एउटै ब्यवासाय धेरै ठाउँमा हुन्छ , ब्यापार , ब्यवासाय ब्यवस्थित छैन त्यसैले त्यहा  भन्दा यता नेपाली कामदारहरुको जमघट धेरै हुने भएकोले यहाँ सजिलो हुन्छ ।
प्रश्न : मलेशियामै व्यावसाय गरेर बसिरहेका अन्य तामाम नेपालिहरुमा तपाईको सन्देश के छ?
- म यहीँ भन्न चाहन्छु कि नेपाली कामदारहरुलाई ब्यवासायीहरुले कुनैकुनै ठाउँमा ठग्ने गरेको पाईएको छ ,म अनुरोध गर्छु कि समस्यामा परेको नेपालीलाई सहयोग गर्नुस ठग्ने काम हैन ।
प्रश्न : मलेशियामा अधिकाक्ष नेपाली मजदुरहरु दिनप्रतिदिन मृत्युको सिकार बनिरहेका छन।यश घट्नालाई कसरी लिनु हुन्छ?
- सर्वप्रथम म नेपालीहरु लाई जाडरक्सी खान छोड्न अनुरोध गर्छु , कुनै किसिमको कुलतमा नफस्न अनुरोध गर्दछु ।
प्रश्न : तपाइको बुझाइमा मलेशियामा स्थापित नेपालि संघसँस्थाहरु आवस्यक छ वा छैन ? छ भने किन र छैन भने कसरी छैन ? 
- देश भन्दा बाहिर प्रदेशमा बसेर नेपालीहरु एकजुट हुन लाई संघसंस्थाको आवश्यकता पर्नेरछ्न ।आफ्नो जातजातिको भाषा,धर्म , संस्कृतिलाई स्वदेशमा मात्रै नभैइ विभिन्न माध्यमबाट प्रदेशमा समेत चिनाउन,यहाँ कुनै नेपालीलाई केही किसिमको समस्या परे सकेको साथ,सहयोग गर्न दिन संघसंस्था चाहिन्छ युनिटी चाहिन्छ त्यसैले अरु देश जस्तै यहाँ मलेसियामा पनि संघसंस्थाको आवस्यकता छ।
प्रश्न : अन्त्यमा दर्शक,श्रोता र मलेशियामा श्रम गरिरहनु भएका नेपाली समुदाय लाई के भन्न चाहानु हुन्छ?
- म एउटा् कलाकार,ब्यवसायी,समाजसेवीको हैसियतले यहीँ भन्न चाहन्छु कि यदि कोहि नेपाली यहाँ प्रतिभा भएको ब्याक्तीत्व हुनुहुन्छ भने हामी लाई सम्पर्क गर्न सक्नु हुनेछ सक्दो कलाकार क्षेत्रमा अगाडी बढ्न सहयोग गर्नेछौं , नेपाली पीडितहरु भएनी हामी लाई सम्झनु होस् भन्न चाहन्छु । प्रदेशमा हामी सबै नेपाली कामदारहरु मिलेर बसौं , नियम , कानुनलाई उलंघन नगरौ , आफ्नो दायरा भित्र बसौं , पैसा कमाउ र स्वदेश फर्कौ भन्ने अनुरोध,आग्रह गर्न चाह्न्छु । 
साथै विशेष धन्यवाद दिन चाहे " मलेसियामा रहेका नेपाली संग सवाल जवाफ् " कार्यक्रमका प्रस्तोता मित्र आरएन चौधरी थारु ज्यु तपाईंका सहकर्मी मित्रहरु कृष्ण गुप्ता,कोष बोम्जन तामाङ,दिप खादी लिम्बु ज्यु लगायत दर्शक क्ष्रोता,पाठकवर्गमा हार्दिक धन्यवाद ब्यक्त गर्दछु । धन्यवाद ।

----------------------समाप्त---------------------

Share this article :

Ads2

+ तपाइको प्रतिकिया ब्यक्त गर्नुस + 1 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

4 November 2019 at 10:03

Nice.https://theonlinekhabar.com

Post a Comment
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu