“तिमिले मुटु टुक्रा पार्यौ नि माया गर्छु भनी” बोलको गीत आज भन्दा ५ बर्स अगाडि रेकर्ड गराइ बाजारमा ल्याउदै साङितिक क्षेत्रमा प्रबेश गरेका गायक रोशन रत्गैयाले अहिले थारु भाषाको म्युजिक भिडियो “ठुन्यार ठुन्यार” युटयुब मार्फत रिलिज गरेका छन।
यस गीतमा स्वर रोशन रत्गैया र समीक्षा चौधरीको छ भने अभिनय नवीन चौधरी र चर्चित मोडेल लोसिना लामिछाने को रहेको छ। फिरोज चौधरिको शब्द/सङीत रहेको “ठुन्यार ठुन्यार” चम्पन सास्कृतिक समूहको प्रस्तुती हो भने म्युजिक नेपाल ले बजार ब्यबस्थापन गरेको छ। थारु भाषाको गितमा आधुनिकता मिसाइयको र युवा लाई लक्षित गरि यो गीत बजारमा ल्याइयको गायक रत्गैयाले बताए। थारु र नेपाली दुबै भाषामा यल्बम प्रकाशन गर्ने तयारिमा रहेका गायक रत्गैयाले अब केही दिनमै सुशील चौधरिको शब्द/सङित मा “मरना ट मरनुमै बरा बरा मुरघा “बोलको थारु गीत र आफ्नै शब्द सङितमा “सोल्टीनिको माया”बोलको नेपाली लोक पप रक गीत पनि रिलिज गर्ने तयारिमा छन। अहिले राज्धानीमा शास्तृय सङितको अध्ययन गरिरहेका थारु समुदायका गायक रत्गैयाको स्टेजमा पनि प्रस्तुतिकोलागि माग बढेको उनले बताए। विशेष गरि थारु समुदायको बर्चस्व रहेको ठाउमा ब्यबसायिक रुपमै गित गाउन बोलाउने गरेको बताउछन गायक रत्गैया।
New Tharu Song | Thunyar Thunyar - Roshan Ratgainya & Samiksha Chaudhary | Ft.Nabin Dahit & Losina