संकालु प्रेम - लघु कथा

Saturday, 4 February 20170 तपाइको प्रतिकिया ब्यक्त गर्नुस

Posted By :- Admin {Hamar Sanesh}

कुनै एक दिनको कुरो हो  सबेरे बिहानै उनी र म बिच गाहकीला कुरा चल्दै थियो जस्तै की बसन्त ऋतुको आगमनले पालाएका नयाँ ति फुल जस्तै भर्खर उदायको सूर्यको किरण जुन जस्तै मानौ की झरना छहरा ले बनाएको मिठो धुन जस्तै तर जब जब हामीहरु बिच कुराहरु अगाडि बढ़दै गए जस्तै की सूर्यको किरणको चमक बढ़े जस्तै बसन्त ऋतु परिबर्तन भय जस्तै हामी बिच पनि अब बिस्तारै बिस्तारै परिबर्तन हदै थियो।

नहोस पनि कसरी जो हरेक कुरा समय नै हरेक कुरा निर्धारण गर्छ हामी त केवल समय लाई सदुपयोग गर्ने मात्र हो यसै क्रममा हामी बिच पनि खटपट पनी बढ़दै थियो। जस्तै की हाड़ीमा मकै भूट्दा जसरी एका आपसमा ठक्कर खादै उच्छिटीदै  जब हाड़ीको सिमा बाट बहिरिन्छ अनि निस्किने प्रयास गर्छन हो त्यसरी नै हामी बिच पनि एका एक शब्दको बज्र प्रहार हदै एक आपसमा जसरी चुलोमा आगो दँकिन्छ त्यसरी नै दंकिदै थियो । एक आपसमा "म भन्दा उनी के कम , उनी भन्दा म के कम " यस्तै यस्तै अब्यय शब्दहरु का गुच्छा एक आपसमा हामी बिच प्रहार हदै थिय  नहोस पनि कसरी जबकि स्थिति नै त्यस्तै थियो त्यतिबेला । समयलाई बुझ्न गार्हो हुदो रहेछ समय संग सँगै हरेक कुरा परिबर्तन हुदो रहेछ तब त समयले हामीलाई यहाँ सम्म पुर्यायको थियो ।

यसै क्रममा लामो चर्का चार्कि बिबाद पछि हामी बिच एक अर्का चरित्र माथि संका उपजीन थाल्यो जसरी सर्पले काचुली फेर्छ हो त्यसरी नै हाम्रो जिन्दगीको बाटो नयाँ मोड़ लिदै थियो । त्यसैक्रममा एक अर्काको बिस्वास र इमन्दरिता प्रति घोच पेच हुन थाल्यो त्यस्तै कुरा निस्केको बेलामा मैले पनि उसले चलाउने गरेको imo को पासवर्ड मागिदिए एस अघि हामी बिच माया बसेपछि हामी बिच कुनै कुरा सेयर नभएको होइन एक अर्काको फेसबुक देखि लियर खानेकुरा होस या हरेक मनका कुरा जो सेयर न गरेको कुनै थियन । तर अचानक खै कुन पापिको आँखा लागेछ..... मलाई ऊनि प्रति बिस्वास न भयर मागेको होइन कुरै कुरामा भना भन परेपछि भन्देको मात्र हो ।

तर उनी झासंग भईन अनि केहि बेर बोल्न छोडिन.... र अचानक केहि बेर पछि तातिदै भड़कीलो पाराले आफ्नो जवाफ फर्कायीन "ल हेर्नुस अब ......😡 "
यो भन्दा अगाडि के गर्दै थियो उनी imo मा त्यों मैले पनि सोधिन र जांन्न पनि चाहेन अघि के गर्दै थियो भनेर
र मैले " हिहि.. भो पर्दैन भयो मैले बुझी सके..😊 !" भन्दै हस्दै जवाफ  फर्काए उनी झन झन तातिदै
सम्बन्ध विच्छेद स्वभाबका अपब्य सब्द प्रहार गर्न थालिन ..... खै मैले त्यसो भन्दा उनीले के बुझिन त्यो त उसको मनको कुरा म जांन्न सकिन तर मैले उनलाई भन्न खोजेको थिए..

"तिमि गलत होइन मलाई तिमि प्रति पूरा बिस्वास छ। यदि तिमि गलत नै गरेको छौ भनेपनी अब जे हुनु थियो भयो अब मिली जुली असल मार्ग तिर लमक्नु पर्छ।"

तर खै मेरो कुरा उनले कस्तो महसुस गरिन बारमम्बर जवाफमा संकालु संकालू भनेर पठाई रहेको थिइन
उनको यो सब्दले मलाई मलाई सचैनै मलाई सोच्नै बाध्य बनायो र म यसै उसको नजरमा सांकालु छु त्यसैले उसले चलाउने गरेको imo मा खोलेर हेर्न लागे फेरी पनि गहिरियर सोचे "के यो सही हो या गलत ...?"
त्यत्तिकै मा मेरो मन मस्तिष्कले जवाफ पठायो 
" मायामा आत्मबिस्वास र इमन्दरिता हुनु जरूरी छ"
यो सही होइन भन्ने मनासाय म मा पलायो तर आफ़सोच मेरो जस्तो उसको मनमा स्वछ बिचार पलाई दिएको भय कति मिठो हुन्थ्यो होला......!
उनको नजरमा म संकालू हुन पगे भने मेरो नजमा उनी प्यारी अविस्मर्णीय मायालु हुन पुगे....... 

                       - क्रमसः बाकी अर्को साता
                              ✒ नबिने चौधरी

Share this article :

Ads2
SHARE THIS POST IN YOUR CHOICE LOCATION

 
Copyright © 2017 - हमार सनेश डटकम.COM - All Rights Reserved.
Design By :- Nabeene Chaudhary | Powered by :- Deepa Mht

| Home | About | Blogs | Contact | RSS*

Admin / Editor :- RN Chau.. Tharu